कोरपाटी संवाददाताआश्विन १५, २०७७काठमाडौं

७१४ पटक

काठमाडौं, असोज १५ गते । सरकारले मुख्य सचिवमा शंकर वैरागीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
त्यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा डा. युवराज खतिवडाको नाम सिफारिस गरेको छ भने बेलायतका लागि नेपाली राजदूतमा लोकदर्शन रेग्मीको नामा सिफारिस गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले बताउनुभयाे । वैरागी हाल परराष्ट्र सचिव हुनुहुन्छ भने लाेकदर्शन रेग्मी मुख्यसचिव हुनुहुन्छ । त्यस्तै डा.खतिवडा केही समय पहिलेसम्म अर्थमन्त्री रहनुभएकाे थियाे ।