OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
एजेन्सीमंसिर २०, २०७५नयाँ दिल्ली
३७० पटक

भारतको दिल्लीमा सरकारी आश्रय गृहमा राखिएका एकजना भारतीय र ८ जना नेपालीसहित ९ जना महिला हराएका छन् ।

दिल्लीकै रेड लाइट क्षेत्रबाट उद्धार गरेर त्यहाँको सरकारी संस्कार आश्रयगृहमा राखिएका एक भारतीय सहित ९ जना हराएका हुन् । उनीहरु गएको शनिबार र आइतबार त्यहाँबाट एकाएक हराएका थिए । हराएका ९ जनामध्येकी एक भारतीय नाबालिका रहेको पनि प्रहरीले पुष्टि गरेको छ ।

ती महिलाहरूलाई दिल्लीको जीबी रोड क्षेत्रबाट उद्धार गरेर ल्याइएको थियो । उनीहरू आफैँ त्यहाँबाट निस्केर गएका हुन् वा कसैले लिएर गएको भन्ने अहिलेसम्म पत्ता लाग्न सकेको छैन । यसबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आश्रय गृह प्रशासनले ती महिला कसरी हराए भन्नेबारेमा केही थाहा नभएको बताएको छ । यही वर्षको मे महिनामा उनीहरुलाई उद्धार गरी त्यहाँ ल्याइएको थियो । त्यसअघि उनीहरुलाई द्वारकाको आश्रय गृहमा राखिएको थियो ।

बीबीसी हिन्दीसँगको कुराकानीमा दिल्ली प्रहरीले ती महिलाहरू यौन उत्पीडनको शिकार भएको बताएको छ । प्रहरीले आश्रमभित्रकै स्टाफहरुको पनि जाँच गरिरहेको छ । हराउने महिलाको नाम र ठेगाना भने खुलाइएको छैन । (बिबिसी)

प्रतिकृया दिनुहोस्