OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन १०, २०७७जुम्ला ।
१५२८ पटक

खलङ्गा असोज १० गते । जुम्लामा आर्थिक बर्षको शुरुवाती चरणमै पहिलो पटक सरकारबाट प्राप्त भएको बजेट तथा कार्यक्रमको अख्तियारीको सार्वजनिक गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा आर्थिक बर्ष २०७७।०७८ को विकास बजेट कार्यक्रम तथा चालु खर्चको अन्तरक्रिया गरि सार्वजनिक गरिएको हो । जिल्लामा विकासको बारेमा के हुदैछ र कति लगानी भईरहेको भन्ने जानकारी जनतालाई जानकारी दिनका लागि आर्थिक बर्षको शुरुवाति चरणमै सरकारी कार्यालयका कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने प्रचलन शुरु गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयको आयोजनामा आयोजित आर्थिक बर्ष २०७७।०७८ को प्राप्त सरकारी बजेट तथा निति कार्यक्रम सार्वजनिक कार्यक्रममा स्थानीय तह सहित ३२ वटा कार्यालयले आफ्नो बजेट तथा कार्यक्रम प्रस्तुत गरेका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी थापाका अनुसार जिल्ला प्रशासन कार्यालयको कार्ययोजना अनुसार शुसाशन र पादर्शिताका लागि आर्थिक बर्षको शुरुवातमै बजेट तथा कार्यक्रम सार्वजनिकरणको थालनी गरिएको छ । कार्यालय प्रमुखहरुले बार्षिक बजेट कति ? कुन कुन कार्यक्रम तथा शिर्षकमा कति बजेट बिनियोजन गरिएको छ । सो बिषयको जानकारी गरिएको हो ।

कार्यक्रम प्रस्तुत गरिसकेपछि राजनैतिक दल, नागरिक समाज, पत्रकारहरुले कार्यक्रमहरु माथी जिज्ञासा राखेका थिए । नागरिक समाज जुम्लाका संयोजक राजबहादुर महतले कृषिमा खासै लक्षित बर्गका किसानले लक्षित कार्यक्रम सहित गुणस्तरीय नर्सरी, सड्क निर्माणमा गुणस्तर, नगरपालिकामा डम्पिङ साईड, विधुत नियमितमा पभावकारी रुपमा प्रथामिकता दिनुपर्ने जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष बरमबहादुर महतले समयमै काम शुरु गरेर जादा पछि सजिलो हुने बताउनुभयो । उहाँले सूचनामैत्री कार्यालय बनाउन समेत अनुरोध गर्नुभयो ।

नेकपाका प्रतिनिधी पूर्ण प्रसाद धितालले सरकारी कार्यालयमा आउने बजेट बिगत भन्दा धेरै भएको तर काम गुणस्तर भए नभएकोमा सवैले सचेत हुनुपर्ने बताउनुभयो । उहाँले कार्यक्रम स्किृत भएकोमा समयमै र राम्रो काम सम्पन्न गर्ने कार्यालयललाई पुरस्कृत गर्ने बाताबरण समेत हुनुपर्ने सुझाव दिनुभयो । राप्रपा नेपालका केन्द्रीय सदस्य मनसुर सुनारले नारा अनुसारका कामको गुणस्तरतामा जोड दिनुपर्नेमा जोड दिनुपर्ने सुझाव दिनु भयो । उहाँले समावेशी क्षेत्रको विकासमा क्षमता अभिबृद्धिमा ध्यान दिन सुझाउनुभयो ।

नेमकिपा अध्यक्ष शिवलाल डाँगीले नयाँ बजेट तथा कार्यक्रममा राजनैतिकदलका कार्यकर्ता पोषने हिसावले कार्यक्रम आएको आरोप लगाउनुभयो । कार्यक्रममा सरकारी कार्यालयले आ–आफ्ना कार्यक्रममा प्रथामिकताको जानकारी गराएका थिए । स्याउ सुपरजोन कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीेले स्याउ सुपरजोनले यो बर्ष चक्लावन्दी, पकेटमा जोड दिईएको जानकारी दिनुभयो ।

पहिलो पटक स्थानीय सरकार सहित सरकारी कार्यालयले आफ्नो बजेट सार्वजनिक गरेर शुसानको प्रत्याभुतिको शुरुवात भएको र हरेक ३ महिनामा अव सरकारी कार्यालयले जुम्लामा स्वत ः पत्र प्रकाशन गरेको सूचनाको हक अधिकारको कार्यान्यन गर्नु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओम प्रकाश देवकोटाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्