

नेत्र शाही जुम्ला ,
मंशिर १० गते, जुम्ला सदरमुकामको साना जलविधुत विकास समिति जुम्लाको पावर हाउसमा नयाँ मेशिन राख्ने काम शुरु भएको छ ।
भारतीय दुतावासको सहयोगमा खरिद गरिएको मेशिन राख्न शुरु गरिएको हो । साना जलविधुत उपभोक्ता समिति जुम्ला, जुम्लाका संविधानसभा सदस्य लतिलजंग शाही र राजनैतिकदलहरुको विशेष पहलमा रु २ करोड ६३ लाख रुपैयाको उक्त मेशिन पावरहाउसमा पुगेर हाल्न शुरु गरिएको अध्यक्ष बिष्णुबहादुर बुढ्थापाले जानकारी दिनुभयो ।
सो पैसा भारतीय दुतावासले दिने भएपछि तत्कालिन समयमा जिल्ला विकास समितिले टेण्डर गरेको र अहिले जुम्लामै आई पुगेपछि बदल्न थालिएको बुढ्थापाले जानकारी दिनुयभो । शनिवार पावर हाउसमा समितिका पदाधिकारीहरु, राजनैतिकदलका नेताहरु, पत्रकारहरु, सरोकारवालाहरुको रोहवरमा मेशिन फेरिने जानकारी गरिएको छ ।
यसैगरी (११० वाटका दुईवटा) जम्मा २२० वाटको मेशिनहरु जुम्लामा भित्रिएका हुन । नयाँ मेशिनहरु हाल्नलाई करिब एक महिना सम्म लाग्ने भारतबाट मेशिन बदल्नका लागि आएका ईन्जिनियर सारस्वत हिन्दवालले जानकारी दिए । उनले एक मेशिन १० दिन र अर्को १० दिनमा बनाउने तर परिक्षण प्रसारण समेत गरी समय लाग्ने बताए ।
मेशिन बनाउन शुरु गरेपछि करबि एक महिना सम्म लोड सेडिङ बढ्ने भएको छ । तर एक मेशिन बनाउने र संचालन गर्ने तथा अर्को बनाउने भएकाले पूर्ण रुपमा जुम्ला अध्यारो नहुन दिने समितिले जनाएको छ ।
यसैगरी बि.सं २०४० सालमा नेता हरिचन्द्र महतको पहलमा शुरु भएको तत्कालिन जालपा हाईड्रोबाट शुरु भएको २२० किलोवाटको बत्ति मेशिन खिएर १२० किलोवाटमा मात्रै पुगेको थियो । अव भने २२० देखी ३०० किलोवाट बिजुली बल्न सक्ने अनुमान गरिएको छ । यदि सोही अनुसार विधुत उत्पादन भएमा चन्दननाथ नगरपालिका वडा नं ८ र ९ तलिउममा समेत बत्ति बिस्तार हुन सक्ने अध्यक्ष बुढ्थापाले जनाए । यसैगरी जुम्लामा राष्ट्रिय प्रशारण लाईनको सर्भे समेत भईरहेको र शुक्रवार मात्रै जुम्लाको पातारासीको ९९८ किलोवाटको चुकेनी जलविधुत समेत टेण्डरमा गएका कारण जुम्लाको विुजुलीमा आश लाग्दा दिन शुरु भएका छन् ।
म्ला ।