OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाई भाद्र ३१, २०७७जुम्ला,
३८४ पटक

भदौ ३१ गते । कर्णाली प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठ कोरोना संक्रमणमुक्त हुनुभएको छ ।
१० दिनसम्म आइसोलेशनमा बस्नुभएको उहाँलाई पुनः गरिएको आरटी पीसीआर परीक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको हो । प्रदेससभा श्रेष्ठको रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका अस्पताल निर्देशक डा.मंगल रावलले जानकारी दिनुभयो । निर्देशक डा.रावलका अनुसार सदस्य श्रेष्ठमा संक्रमण देखिएपनि लक्षण कुनैपनि देखिएको थिएन ।
उहाँले कोरोनाको कुनैपनि उपचार नभएका बेला नागरिकहरुको शुभेच्छा, हौसला र मायाले कोरोना जित्न सफल भएको जानकारी दिनुभयो । अझै जनस्वास्थ्यका मापदण्ड अवलम्बन गर्न सबैलाई अनुरोध गर्दै उहाँले यसबाट बच्न पूर्वसावधानी आवश्यक रहेको जनाउनुभयो । सदस्य श्रेष्ठले आफूप्रति स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद ज्ञापन समेत गर्नुभएको छ । यस अघि जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, उद्योग बाणिज्य संघका अध्यक्ष रजवअलि मनियार समेत कोरोना संक्रमणमुक्त भईसक्नु भएको छ ।

प्रतिकृया दिनुहोस्