OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताभाद्र १८, २०७७काठमाडौं
३०२ पटक

कर्णाली, १८ भदौ ,  कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।
कानून मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगी, तीन सशस्त्र प्रहरी, एक ड्राईभर र एक नेपाल प्रहरी गरी छ जनामा कोरोना संक्रमण देखिएको हो । सुरक्षाकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयले अत्यावश्यक बाहेकका सबै सेवा प्रवाह बन्द गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले मन्त्रालयका एक कर्मचारी, निवास र मन्त्रालयका पाँच सुरक्षाकर्मीहरुमा देखिएपछि आफू होम आइसोलेसनमा बसेको बताउनुभयो । अब मन्त्रालयका बाँकी कर्मचारीहरुको स्वाब लिएर सामान्य अवस्था आएपछि यहाँबाट प्रवाह हुने सेवालाई नियमित गर्ने मन्त्री भण्डारीले बताउनुभयो ।

यता कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले संक्रमितको कन्ट्याक्टमा रहेका अन्य कर्मचारी तथा सुरक्षाकर्मीको ट्रेसिङ् भईरहेको बताउनुभयो । मन्त्रालयहरुमा नै कोरोना संक्रमण देखिएपछि अहिले त्रास फैलिएको, दैनिक कामकाज प्रभावित भएको प्रवक्ता केसीले जनाउनुभयो । कानून मन्त्रालयका अन्य कर्मचारीहरु पनि आइसोलेशनमा रहेको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्