OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पुर्ण चाैलागाई साउन २८, २०७७जुम्ला,
५१६ पटक

जुम्ला, साउन २९ गते । यहाँको हिमा गाउँपालिकाले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । आर्थिक बर्ष २०७६।०७७ को बार्षिक प्रगतिको समिक्षा गरेको हो । गाउँपालिकाले काम गरेका विभिन्न योजना र कामहरुको वारेमा जानकारी गराएको हो ।

सार्वजनिक सुनुवाईमा गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले धेरै जसो कामहरु स्थानीयलाई रोजगारी दिने काममा केन्द्रीत भएका बताउनुभयो । उहाँले गाउँपालिकाले करिब सवै बस्तिमा कच्चि सड्क पुरयाएको भन्दै बजेट खासै भने अनुसार नभएकाले जनताका आकांक्षा सवै पुरा हुन नसकेका बताउनुभयो ।
गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाईको प्रगति प्रतिवेदन प्रशासकीय अधिकृत टोपबहादुर बुढाले पढेर सुनाउनु भएको थियो । रु २६ करोड ९९  लाख विनियोजित बजेट मध्य खर्च रु २४ करोड १६ लाख भएको छ । जसमा पुजिगत ८७ प्रतिशत र चालु ८४ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले जानकारी दिनुभयो ।

प्रगति प्रतिवेदनमा विभिन्न गाउँपालिकाका ६७ वटा कार्यक्रम र प्रदेश सांसद, मुख्यमन्त्री रोजगार सहित ८४ वटा योजनाका काम भएका छन् ।
६७ वटा योजनाको विनियोजित ७ करोड ७५ लाख साठी हजार बिनियोजन गरिएकोमा छ करोड ८६ लाख २० हजार ३३८ खर्च भएको छ । यसैगरी प्रदेश सांसद विकास कोषको ६० लाखमा रिखिदेव जलविधुत आयोजना, कालिका मा.वि भवन निर्माण र स्याउ संकलन केन्द्र बुअमा निर्माण भएको जानकारी गरिएको छ ।
यसैगरी मुख्यमन्त्री रोजगार कार्यक्रम रु एक करोड ८० लाख ३ हजारमा सवै खर्च भएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रममा हिमा आवासीय विद्यालयको भवन रु ६४ लाख भुगोलपाटा देखी वुअ गाउँ सड्क निर्माण रु २१ लख सहितका योजना रहेका छन् ।

यसैगरी गाउँपालिकाले कोभिडको समयमा विरामीलाई सजिलै स्वास्थ्य संस्था पुरयाउन रु १० लाखमा एम्बुलेन्स खरिद गरिएको हुदा बिरामीलाई बन्दको समयमा सजिलो भएको छ । यसैगरी ८४ जना छोरी जन्माउने आमालाई एक हजारका दरले प्रोत्साहन रकम दिईएकोले अस्पताल बच्चा जन्माउने दर बढेको गाउँपालिकाले जनाएकोछ ।
यसैगरी गाउँ जोड्ने बाटोहरु, विद्यालय भवन र कोभिड रोकथाम व्यवस्थापन र स्वास्थ्यसामग्री र राहतमा प्रथामिकता दिईएको छ ।

सार्वजनिक सुनुवाईका प्रमुख अतिथि जिसस सदस्य कल्पना परियारले गाउँपालिकाको राम्रो काममा सवैको समर्थन हुनुपर्ने र सुधानुपर्ने काममा ध्यान दिनुपर्ने बताउनुभयो । नेकपा प्रदेश कमिटि सदस्य लक्ष्मी कन्या बुढाले स्थानीय सरकारले परिवर्तनको महशुस गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । प्रतिपक्ष नेपाली कांग्रेसका यूवा नेता लक्ष्मण शाहीले सार्वजनिक सुनुवाई झारो टार्ने मात्रै भएको आरोप लगाउनुभयो । उहाँले गाउँपालिकाका धेरै योजना गुणस्तर नभएको प्रति सचेत हुन सूझाब दिनुभयो ।

सार्वजनिक सुनुवाईमा लिप्ट सिचाई सम्पन्न भयो तर गाउँमा पानी नआएको स्थानीयले बताएका थिए । गाउँपालिकाले प्रमाणको आधारमा भुक्तानी भईसकेको प्रमुख प्रशासकीय अधिकृत बुढाले बताउनुभयो भने योजनाको उपभोक्ता हुदै ठेक्कामा गएकाले सुनुवाई नभएको स्थानीयले गुनासो गरेका छन् ।
गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाले वाँकी कामलाई पुरा गर्ने जिम्मेवारी स्थानीय सरकारको भएकोले जिम्मेवार निर्माणकताहरु सँग सहकार्य गरि अगाडि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्