OnlinePana

आज : २०८३ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन २३, २०७७
१०७० पटक

साउन २३ गते । जुम्लाको प्रशिद्ध पर्यटकीय स्थल ठाकुर ज्यू र बिष्ट ज्यूमा हेलिकोप्टर मार्फत मुर्ति पुरयाईएको छ ।
विभिन्न दर्जन भन्दा बढि ताल भएको प्रचुर प्रकृतिको सुन्दरता बोेकेको उक्त पर्यटकीय क्षेत्रका देवता ठाकुरज्यूका लागि लामो समय पछि निर्माण गरिएको सिमेन्टका दुई मुर्ति त्यस क्षेत्रतिर हेलिकोप्टर मार्फत पुरयाईएको त्यहाँका पुजारी रामेश्वर न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार हेलिकोप्टरबाट बिष्टज्यू सम्म मुर्ति पुरयाएर फर्किएको र मौसम राम्रो नभएका कारण ठाकुर ज्यू हेलिकोप्टर बस्न नसकिएको पुजारी न्यौपानले जानकारी दिनुभयो ।

उहाँका अनुसार चालक सहित एक जना प्राविधिक, अर्का पुजारी बिष्णुकान्त न्यौपाने र आफु सहित ५ जना बिष्टज्यूमा मुर्ति झारेर जुम्ला बजार फिर्ता भएका छौ । हिडेर दुई दिन लाग्ने सो एक ठाकुरज्यू र अर्को बिष्ट ज्यूका लागि बनाईएका ति मुर्ति नेपाली मुलका अष्ट्रेलियन मुर्गेन परियारको सहयोगमा निर्माण गरिएको हो । यसैगरी मुर्ति त्यहाँ लिन निकै कठिन भएकाले गुठिचौर सम्म बोकेर लिईएको र त्यहाँबाट हेलिकोप्टरमा पुरयाईएको हो ।

यसैगरी कर्णाली प्रदेश सरकार उद्योग , पर्यटन वन तथा बाताबरण मन्त्रालयले रु १० लाख सहयोगमा ढुवानी गरिएको जानकारी गरिएको छ । जनैपूर्णिमाको दिनमा पुजा गरिने ठाकुरज्यू धार्मिक दृष्टिकोणले चर्चित छ ।

सो क्षेत्रमा भने बाटो, आधारभुत धर्मशाला समेत नहुदा धार्मिक पर्यटकलाई बास बस्न कठिन हुदै आएको स्थानीय लक्ष्मीचन्द्र न्यौपानेले जानकारी दिनुभयो । यो बर्ष मात्रै लकडाउन भित्र ५ हजार बढि तिर्र्थालुहरु ठाकुरज्यू पुगेर फर्किएका छन् ।

प्रतिकृया दिनुहोस्