OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

चार हजार पाँचसय बालबालिकालाई हाइजिन किट बितरण

एक हजार ५० किश्वरीलाई सेनिटरी प्याड र १३९८ लाई स्वअध्ययन सामग्री

कोरपाटी संवाददातासाउन २१, २०७७जुम्ला,
१२३४ पटक

खलङ्गा साउन २० गते । जुम्लाका चार हजार पाँचसय बालबालिकाहरुलाई हाईजिन किट बितरण गरिएको छ ।
किडाक नेपालले जिल्लाका तिला, तातोपानी, गुठीचौर, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकाका गरी चार हजार पाँचसय जना बालबालिकालाई स्वअध्ययन सामग्री सहित सरसफाइका सामाग्रीहरु प्रदान गरेको छ ।

यसैगरी १०५० जना किशोरीलाई प्रति किशोरी २० वटाका दरले स्यानिटरी प्याड समेत बितरण गरीएको र क्वारेन्टिनमा पानी खाद्यान्न र सरसफाइका सामाग्री सहयोग गरिएको किर्डाक नेपालका तालिम संयोजक भरतबहादुर बोहराले बताउनुभयो । उहाँका अनुसार लामो समय देखि किताव र बिद्यालयबाट टाढिएका नानीबाबुहरुलाई स्वअध्ययन किताबले पुन सिकाइमा जोड्दै सकारात्मक प्रभाव पारेको छ ।

लकडाउनको समयमा घरमै अध्ययन गर्न र सरसफाईमा जोड दिनका लागि सो सामग्रीहरुरु बितरण गरिएको किर्डाक नेपालका कार्यक्रम संयोजक दिपराज रावतले जानकारी दिनुभयो ।

बिगत तिन महिना देखि लकडाउनका कारण बिश्वभरका बिद्यालयहरु बन्द भएकाले बालबालिकाहरु शिक्षा बाट बञ्चित भएका छन । जसले गर्दा बालबालिकाहरुलाई शिक्षाको नैसर्गिक र जन्मसिद्ध अधिकार तथा सिकाइमा नकारात्मक असर परेको छ । तर सामग्रीहरुले सहयोग पुरयाउने अपेक्षा गरिएको छ ।
कोभिड १९ का कारण बिश्वमा एक अर्व ३० कारोड बिद्यार्थीको पढाइ तथा सिकाइमा असर परेको कुरा युनेस्कोको बिद्यालय पुन ः सुचारु गर्ने प्रारुप २०२० को तथ्यांकमा उल्लेख गरिएको छ ।

त्यसै गरी नेपालमा मात्र सबै खाले विद्यालय गरी ३५ हजार ५५ बिद्यालय बन्द हुदा सामुदायिक र संस्थागत गरी कुल ८१ लख २६ हजार २६३ बिद्यार्थी बिद्यालय शिक्षा बाट प्रत्यक्ष प्रभावित भएका सो सस्थाले जनाएको छ ।

यस्तो बिषम परिस्थतिमा जुम्लाका १८ वटा बिद्यालयका चार हजार पाँच सय स्वअध्ययन सामाग्री बितरण गरिएको छ । किर्डाक नेपाल र वल्र्डभिजन ईन्टरनेश्नल नेपालको साझेदारीमा संचालित नेपाल कभर परियोजना अन्तर्गत जुम्लाका तिला, तातोपानी र पातारासी गाउँपालिकाका उक्त बिद्यालयका कक्षा १, २ र ३ का बिद्यार्थीहरुलाई पाठ्यक्रम बिकास केन्द्र र एजुकेशन कलष्टर बाट प्रकाशन भएको बन्दाबन्दीको अवस्थामा घरमै बसेर पढ्न मिल्ने स्व अध्ययन सामाग्रीका साथै स्टेशनरी सामाग्री बितरण गरीएको छ । यसैगरि एक हजार तीन सय  ९८ स्व अध्ययन सामग्री समेत बितरण गरिएकाे तालिम संयाेजक बाेहराले थप्नुभयाे ।

स्थानीय तह कार्यान्वयन तयारीमा :

स्व अध्ययन सामग्री प्रभावकारी भएका कारण स्थानीय सरकारले समेत कार्यान्वयन थालेका छन् । जिल्लाको पातारासी गाउँपालिका शिक्षा अधिकृत झनमाया खत्रीले सामग्री राम्रो भएको र विद्यालय खुलेपछि स्थानीय तहले समेत केही परिमार्जित गरि अगाडि बढाउने प्रयास भईरहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्