OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीसाउन १९, २०७७ जुम्ला,
८७१ पटक

साउन २० गते । जिल्ला प्रशासन कार्यालय जुम्लाले पहिलो पटक जुम्लामा स्वत : प्रकाशन गरेको छ ।
स्थानीय प्रशासनले नागरिकको सूचनाको हक २०६४ को अधिकारलाई मध्यनजर गर्दै स्वत ः प्रकाशन गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो । प्रशासनले २०७७ वैशाख देखी असार सम्म सम्पादन गरिएका कामको स्वत प्रकाशन गरिएको प्रजिअ थापाले जानकारी दिनुभयो । जारी गरेको स्वत ः पछि खुला सरकारको अवधारणा कार्यान्वयनमा ल्याईएको प्रशासनले जनाएको छ ।

स्वत प्रकाशन पछि जुम्लामा सरकारी कार्यालयले आधिकारिक रुपमा पहिलो पटक आफ्ना सम्पादित कामलाई ३ महिनामा जनता सामु पुरयाउने पद्धति शुरु भएको छ । अव जुम्लाका सवै सरकारी कार्यालयले आफुले सम्पादन गरेका कामलाई सूचना हक अनुसार जनताले पाउने सूचनाको अधिकार मध्य नजर गर्दै हरेक ३ महिनामा स्वत प्रकाशन गर्नुपर्ने निर्देशन समेत गरिएको प्रजिअ थापाले जानकारी दिनुभयो । आफुबाटै शुरुवात गरिएको र अन्य सरकारी कार्यालयले साउन मसान्त भित्रै अघिल्लो तीन महिनाको स्वत प्रकाशन गर्नुपर्ने छ । यस कार्यले नागरिकले जिल्ला प्रशासन कार्यालयले गरेका कार्यसम्पादनको पहुँच पुग्ने आशा गरिएको छ ।

६० वटा वैठक, डिजिटल बडापत्र देखी कोभिड रोकथाम :

स्थानीय प्रशासनले स्वतः प्रकानमा मा जिल्ला प्रशासनले दिईएका सम्पूर्ण सेवा सुविधा र कामको वारेमा दस्तावेजीकरण गरिएको छ । प्रशासनले गरेका कामहरु मध्य तीन महिनामा ५५ वटा नागरिकता बितरण गरिएको उल्लेख छ । बन्दाबन्दीले नागरिकता कम बितरण भएको छ । सार्वजनिक अपराध विरुद्धका ५ वटा मुद्धामा काम गरेको छ । यसैगरी जिल्ला सुरक्षा, बिपत व्यवस्थापन र डिसिसि एमसि वैठक, समन्वय वैठक ६० वटा वैठक बसेको छ । जसमा सुरक्षा समितिको २५ वटा, विपत व्यवस्थापन ७ वटा र डिसिसिएमसि वैठक १६ वटा वसेको छ । धेरै जसो वैठक कोभिड रोकथाम र बिपत व्यवस्थापन बिषयमा बसेका छन् ।

स्थानीय प्रशासनले कर्णाली प्रतिष्ठानमा पिसिआर मेशिन जडान भएर स्वाव परिुक्षण मुख्य उपलब्धी भनेको छ । सो मेशिनले जुम्लाका मात्रै चार हजार ९१२ जनाको स्वाब संकलन गरि परिक्षण गरिएको छ । प्रतिष्ठानले कर्णाली र सुदुरका अन्य जिल्लाका १९ हजार बढिको परीक्षण गरिसकेको छ । यसैगरी बिपत व्यवस्थापन वैठकको समन्वयमा जिल्लाभर स्थानीय तहले आ आफ्नो एम्बुलेन्स तयार गरेका र छुटै कोभिड एम्बुलेन्स समेत तयार गरिएको छ ।

स्वत प्रकाशनमा बजार अनुगमन, जिल्ला प्रवेश गर्ने व्यक्तिहरुको व्यवस्थापन, जिल्लामा रहेका व्यक्ति र २३ जना विदेशीको उद्धार समेत गरिएको उल्लेख छ । यसैगरी जिल्लाका १४ वटा एकिकृत क्वारेन्टाईन क्षेत्रको नाम उल्लेख देखी प्रशासनमा कुन काम कुन फाटमा हुन्छ भन्ने बिषयमा सम्पर्क कर्मचारीको फोन सहित प्रकाशन गरिएको हो । यसैगरी स्थानीय तह विपत व्यवस्थापन सम्पर्क व्यक्तिको नाम र नम्बर, क्वारेन्टाईनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको नामावली सहित उल्लेख छ । यसैगरी डिजिटल नागरिक वडापत्र सेवा देखी प्रशासनले आफ्नो आर्थिक विवरण र सम्वन्धित ऐन नियम तथा प्रजिअको भूमिकाको बिषयमा उल्लेख गरिएको छ । यसैगरी कोभिड सहित भएका विभिन्न कामहरुको ३४ पेजमा स्वत दस्तावेजीकरण गरिएको छ ।
अति उत्कृष्ठ ए ग्रेड जुम्ला प्रशासन :

स्वत ः प्रकाशनमा शान्ति सुरक्षा, विपत व्यवस्थापन, शुसासन, देखी जिल्ला प्रशासनले गर्ने कामको वारेमा समेत समेटिएको छ । यसैगरी भर्खरै गृहमन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा ए ग्रेडमा मुल्यांकन गरिएको छ । गृह सचिव र प्रमुख जिल्ला अधिकारी बिचको कार्य सम्पादनको आधारमा जुम्ला सो मुल्यांकनमा परेको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी ओम प्रकाश देवकोटाले जानकारी दिनुभयो ।
क्याप्सन ः जिल्ला प्रशासन कार्यालय जुम्लाले जारी गरेको स्वतपत्र तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्