OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १८, २०७७काठमाडौं
५१० पटक

काठमाडौं, साउन १८ गते । नेपालमा कोरोनाभाइरसका ३१५ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । हाल पाँच हजार ३३८ जनामा कोरोनाभाइरसको सङ्क्रमण सक्रिय रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना सङ्क्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनको क्रममा पछिल्लो चौबीस घण्टामा छ हजार ९९३ जनाको स्वाब परीक्षण गरिएको जानकारी दिनुभयो । हालसम्म तीन लाख ८२ हजार ४९० जनाको स्वाब परीक्षण गरिएको उहाँले बताउनुभयो ।

पछिल्लो चौबीस घण्टामा ९३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार ४९२ पुगेको छ । कोरोनामुक्त हुने दर करिब ७२ प्रतिशत पुगेको हो । हाल ११ हजार ५३३ जना क्वारेन्टिनमा छन् ।

प्रतिकृया दिनुहोस्