OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाईसाउन १६, २०७७ जुम्ला
६६३ पटक

जुम्ला, साउन १६ गते । जुम्लामा राष्ट्रिय परिचयपत्र बितरण शुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले जिल्ला समन्वय समिति प्रमुख लालबहादुर सार्की र चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाललाई बितरण गरेर शुरु गरिएको हो ।

जुम्लाका प्रतिनिधिसभा सांसद गजेन्द्र बहादुर महतले समन्वय प्रमुख सार्की र मेयर सेजुवाललाई बितरण गर्नुभएको हो । सांसद महतले एकिकृत पहिचान भएको परिचय पत्र राज्यले शुरु गरेको हुदा अव हामी परिवर्तन हुदै गरेका बताउनुभयो । उहाँका अनुसार यो अभियानमा सवैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले ४५० जनाकोे कार्ड जिल्लामा आईसकेको र भोली देखी राष्ट्रिय परिचयपत्र बितरण गरिने भएको छ । प्रजिअ थापाले परिचयपत्रवाला व्यक्तिको सवै विवरण एकै चिपमा एकिकृत गरिएको कार्ड राष्ट्रिय परिचय भएकाले व्यक्तिको बिबरण र अपराधजन्य काममा लागेका व्यक्ति पत्ता लगाउन सजिलो हुने बताउनुभयो । जुम्लाबाट करिब एक हजार आठ सय नागरिकको परिचयपत्रको फारम भरेर पठाईएकोमा साढे ४ सयको कार्ड बनेर आएको छ ।

प्रतिकृया दिनुहोस्