OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १६, २०७७काठमाडौं
१८०३ पटक

साउन १६ गते । जुम्लामा मास्क नलाए बापत ९८ जना व्यक्ति कारवाहीमा परेका छन् । स्थानीय प्रशासनले ९८ जनालाई रु एक सय रुपैया तिराएर कारवाही गरेको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाकाले जानकारी दिनुभयो । महिला ३६ जना र पुरुष ६२ जना मास्क नलगाएका व्यक्ति कारवाहीमा परेका हुन् । सो रकम नेपाल सरकारको राजश्वमा जाने उहाँले बताउनुभयो ।

उहाँका अनुसार धेरै पटक चेतावनी दिए पनि नमानेपछि आज देखी कारवाही थालिएको हो । हिजो मात्रै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा सहितको सुरक्षा निकाय र यूवाहरुको टोलीले जुम्ला बजारको सडक क्षेत्रमा घरदैलो गरेर मास्क नलगाएका लाई मास्क बितरण गर्दै अवका दिन मास्क नलगाए कारवाही गर्ने चेतावनी दिईएको थियो ।

जुम्लामा कोभिड संक्रमित बिरामीहरु आईसुलेशनमा शुन्य भएपनि दुई मिटरको सामाजिक दुरी कायम हुनुपर्ने, मास्क अनिवार्य लगाउनुपर्ने र सावुनपानीले हात धुनुपर्ने वा सेनिटाईजर लगाउने बिषयमा सचेतना गरिदै आउने काम भएको छ । तरपनि अटेर गरेर मास्क नलगाई भिडभाडमा हिड्नेलाई रु एक सयको दरले कारवाही गर्न शुरु गरिएको स्थानीय प्रशासन कार्यालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्