OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन १२, २०७७जुम्ला
१८९२ पटक

खलङ्गा /साउन १२ गते । जुम्लाको कनकासुन्दरीमा बुवाको छोराले हत्या गरेका छन् । कनकासुन्दरी गाउँपालिका वडा नं ४ निवासी ७५ बर्षिय बुवा दानबहादुर शाहीको २०७७ साउन ११ गते छोराले हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । छोरा ऐनबहादुर शाहीले आफ्नै बुवाको हानेर हत्या गरेको प्रहरी नायव उपरीक्षक धामीले थप्नुभयो ।

छोरा ऐनबहादुरले मदिरा प्रयोग गरेर घटना गरेको प्रहरीले जनाएको छ । घटना पछि घाईते भएका शाहीलाई उपचारको लागि सदरमुकाम ल्याउदै गर्दा बाटोमा मृत्यू भएको र शव अहिले पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याईएको छ ।

यसैगरी छोरा ऐनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको र सदरमुकाम ल्याउनलाई प्रहरी निरीक्षक देवाराज भट्टराई सहितको टोली कनकासुन्दरीको घटना स्थल चौकीमा गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिनुभयो । मृतक शाहीको टाउको, आखा र कोखामा घाउ भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । मृतक शाही पूर्व नेपाल प्रहरीका असई भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस्