OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाई, साउन ११, २०७७जुम्ला
१५४१ पटक

जुम्लामा आईतबार देखी कोरोना संक्रमितको संख्या शुन्य देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आईसुसेशनमा वाँकी रहेका एक जनाको रिपोर्ट नेगेटिभ आएपछि संक्रमितको संख्या शुन्य भएको प्रतिष्ठानका डा. धिरज गुरुङले जानकारी दिनुभयो ।

संक्रमित शुन्य भएपछि कोभिड बिरुद्धको अभियानमा काम गर्ने उपलब्ध स्वास्थ्यकर्मीलाई सम्मान समेत गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको समन्वयमा कोरोना विरुद्ध लड्ने प्रतिष्ठान र जनस्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिएको हो ।

प्रतिष्ठानका बिशेषज्ञ डा. गुरुङले शुरु शुरुमा कोभिड कम भएपनि बिचमा बढ्यो तर डर घट्यो, जुम्लालाई यो स्थानमा ल्याउन सवै पक्षको सहयोग रहेकाले नतिजा सवैका नेगेटिभ आएको छ । तर परीक्षण दायरा बढाउदा अझै भेटिन सक्ने भन्दै सवै अझै सजग हुनुपर्ने सुझाब दिनुभयो । उहाँले नागरिकलाई सजग बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
सम्मान गर्दै प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले अहिले संकटको समयमा स्वास्थकर्मी नागरिकका लागि बास्तविक नायक सावित भएको भन्दै उत्साह दिनुयभो । उहाँले अझैपनि राष्ट्रसेवकले राज्यलाई आवश्यक परेको समयमा निरन्तर सहयोग गर्नेमा दुईमत नभएको बताउनुभयो ।

प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले कोभिडको त्रासको अवस्थामा स्वास्थ्यकर्मी र सरोकारवाला निकायहरुले गरेको सहयोग अतुलनीय रहेको बताउनुभयो । उहाँले हुम्ला, मुगु, दैलेख, कालिकोट सहित आवश्यकता परेको स्थानमा काम गर्ने स्वास्थ्यकर्मीहरु, अस्पतालमा डटनुभएका र स्थानीय प्रशासन, राजनैतिकदल पत्रकारहरु सवैको सहयोगले प्रतिष्ठानलाई काम गर्न उर्जा मिलेकोमा खुशी व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस्