OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही साउन ११, २०७७जुम्ला,
१०२५ पटक

साउन ११ गते । डा. गोविन्द केसी फेरी जुम्लामा आउनु भएको छ । डा. केसीले जुम्लामा पत्रकार सम्मेलन गरेर पुन एम विविएस संचालन गर्नुपर्ने लगायतका बिषयमा सरकारलाई माग गर्नुभएको छ ।

उद्योग बाणिज्य संघ जुम्लाको हलमा गरिएको पत्रकार सम्मेलनमा डा. केसीले सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एम बिबिएस लगायतका कार्यक्रमहरु संचालन गर्न पुन माग गर्नुभएको हो ।

डा. केसीले जुम्ला पुगेर पत्रकार सम्मेलनमा ३ बुद्धे माग प्रेस बिज्ञेप्ति मार्फत सार्व जनिक गर्नुभएको हो । ३ बुद्धे मागमा पहिलो कर्णाली प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबिबिएस संचालन गरियोस, गेटा मेडिकल, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिघ्र पूर्वाधार र जनशक्ति पुरयाएर पठनपाठन शुरु गरिनुपर्ने, दोस्रो सरकारले २०७५ साल साउन १० गते भएको सम्झौता अनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरिनुपर्ने, शिक्षा नियमावली सच्याउदै स्नाकोत्तर तहमा खुला तर्फ ७० प्रतिशत सीट कायम गरियोस । यसैगरी तेस्रो माग त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा बरिष्ठता मिचेर भएको नियूक्ति सच्याउदै सवैपदमा बरिष्ठताका आधारमा नियूक्ति गरिनुपर्ने लगायतका मागहरु सार्वजनिक गर्नुभएको छ ।

सरकारले यि मागहरु ३ साता भित्र पुरा गर्नुपर्ने यद्यपी विगतका सम्झौता कार्यान्वयन नभए ३ साता पछि सत्याग्रहको विकल्प नभएको उहाँले प्रेस बिज्ञेप्तिमा उल्लेख गर्नुभएको छ ।
डा. केसीले २०७५ असार १५ गते देखी साउन ३ गते सम्म जुम्लामा एमबिबिएस सहितका मागहरु गर्दै २० दिन सत्याग्रहमा बस्नु भएको थियो । उहाँलाई सरकारले हेलिकोप्टरबाट काठमाण्डौ लिएको थियो । काठमाण्डौ लिदाको दिनमा अस्पतालमा झडप हुदा धेरै विद्याथी र स्वास्थ्यकर्मी घाईते हुनुका साथै एक सुरक्षाकर्मी गम्भिर घाईते भएका थिए ।
प्रतिष्ठानका पदाधिकारी दौडधुपमा :
एम वि बि एस सहितका कार्यक्रम आर्थिक बर्ष २०७७।०७८मा संचालनका लागि प्रतिष्ठानको पदाधिकारी टिम शिक्षाध्यक्ष, अस्पताल निर्देशक काठमाडौमा लगातार दौडानमा छन् । सरकारले यसैबर्ष हामीलाई एमबिबिएस पढाउने जिम्मेवारी दिने आशा गरेको प्रतिष्ठाको उच्च स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्