OnlinePana

आज : २०८३ बैशाख १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन १०, २०७७
१७८६ पटक

साउन १० गते । कर्णाली प्रदेशमा एकिकृत अखिल नेपाल शिक्षक संगठन अन्तरगत महिला शिक्षक विभाग गठन गरिएको छ ।
शुशिला शर्मा ईन्चाज (सुर्खेत), कृष्णा आचार्य तिमिल्सेना संयोजक (दैलेख) र शान्ति शाही सहसंयोजक (जुम्ला) रहने गरी एकिकृत नेपाल शिक्षक संगठन महिला विभाग गठन भएको एकिकृत अखिल नेपाल शिक्षक संगठन जुम्लाका सचिव जयशंकर (जेएस) धितालले जानकारी दिनुभयो ।

साउन ८ गते बसेको प्रदेश समितिको भर्चुअल वैठक तथा भेलाले महिला विभाग गठन गरेको हो । १३ सदस्यीय समितिमा सचिव द्रोणा चन्द (सल्यान), सदस्यमा चन्द्रावति अर्याल (सुर्खेत), मनसरा केसी ( रुुकुम) , देविसरा रोकाया (डोल्पा), विनिता मल्ल (मुगु) , लालमति सोडारी (सुर्खेत), रमादेवी आचार्य ( कालिकोट), हैजाली योगी (जुम्ला) , राजुकुमारी शाही (जाजरकोट) र सुशिला तामाङ (हुम्ला) रहेका एकिकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश ईन्चार्ज शान्ति ढाकालले जानकारी दिनुभयो ।

भर्चुल भेलाका प्रमुख अतिथि एकिकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय महिला विभागका ईन्चार्ज नानुमाया पराजुलीले अव महिला नेतृत्व थप सक्षम भएर अघि बढ्नुपर्ने भन्दै शुभकामना दिनुभएको छ । भेलामा एकिकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश ईन्चार्ज शान्ति ढाकाल, प्रदेश अध्यक्ष रेश्मीलाल चपाई, केन्द्रीय सदस्यहरु दुर्गा सि लामा, खम्वा शाही, राम रावल, गणेशा कार्की, गणेश प्रसाद रिजाल, टोपबहादुर शाही, श्याम ओली लगायत प्रदेश कमिटि, जिल्ला अध्यक्ष र सचिवहरुको सहभागिता रहेको थियो ।

साथै एकिकृत अखिल नेपाल शिक्षक संगठन कर्णाली प्रदेश राहात विभाग समेत गठन भएको छ । ईन्चार्ज टोपबहादुर शाही (कालिकोट), संयोजक श्याम ओली (सुर्खेत), सहसंयोजक मेघनाथ योगी ( जुम्ला) सचिव रविकिरण ओली सल्यान लगायत कर्णाली प्रदेशका सवै जिल्लाबाट प्रतिनिधित्व हुने गरि ११ सदस्यीय प्रदेश स्तरीय समिति गठन गरिएको संगठनले जनाएको छ ।

प्रतिकृया दिनुहोस्