OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीसाउन ९, २०७७ जुम्ला ,
८०१ पटक

जुम्ला जिल्लाका स्थानीय तह र बिषयगत सरकारी कार्यालयको समिक्षा दुई दिन भयो । पहिलो दिन जिल्ला समन्वय समितिको आयोजनामा भने शुक्रवार जिल्ला प्रशासन कार्यालयको आयोजनामा आर्थिक बर्ष २०७६।०७७ साल को बार्षिक समिक्षा भएको छ ।

शुक्रबारको कार्यक्रम करिब ८ घण्टा भयो । कार्यालयको समिक्षाको अन्तिम सम्म जुम्लाका प्रतिनिधीसभा सांसद गजेन्द्रबहादुर महत सहित कार्यालय प्रमुखहरु बस्नुभयो । कार्यालय प्रमुखका कुरा र प्रगति सुनिसकेपछि सांसद महतको बोल्ने पालो आयो । सांसद महतले कार्यालय प्रमुखलाई धेरै बिषयमा कामको सिकाईको निर्देशन दिनुभयो ।

सांसद महतले हाकिम वा कार्यालय प्रमुखले ईच्छा शक्ति गरेमा काममा निकै परिवर्तन हुनेमा दुईमत नभएको बताउनुभयो । “हाकिम भनेका हाकिम हुन” हाकिमले आफ्नो स्थान र अधिकार सहि र सृजनात्मक रुपमा प्रयोग गरेपछि विकास र समृद्धि हुने तर पदको उपयोग गर्न नसके केही पनि नहुने भनेपछि हल उत्साह पूर्वक सुनिरहेको थियो ।

उहाँले असारे चटारो गर्नुभन्दा पैसा चाडै बजारमा आउने गरी काम गर्न समेत निर्देशन दिनुभयो । एक सय रुपैया बजारमा गयो भने १३ प्रतिशत भ्याट सरकारलाई जान्छ त्यही पैसा ५ स्थान प्रयोग गरेमा सरकारको राजश्व बढ्ने भएकाले विकास बजेट चाडै खर्च गर्नु राज्यका लागि फाईदा भएको उहाँले थप्नुभयो । बिकास चाडै र गुणस्तर हुनमा एक कार्यालय प्रमुख वा हाकिमको ठूलो योगदान हुने बताउनुभयो ।

सांसद महतले जिल्लामा जनप्रतिनिधी र कर्मचारी बिचमा समन्वय राम्रो हुनुपर्छ भन्दै आ आफ्नो अधिकार र कर्तब्यलाई बुझेर काम गर्ने हो भने प्रभावकारी हुने भएकाले सवैले ध्यान दिन जरुरी रहेको छ । समिक्षामा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जनताको सेवा प्रवाहमा सजिलो र सुशासनमा जोड दिनुपर्ने र यसका लागी सवै सरकारी कार्यालयले साउन मासान्त भित्र सार्वजनिक सुनुवाई गर्न निर्देशन दिनुभयो । उहाँले कोभिड १९ मा समेत खर्च भएको रकमको सार्वजनिक सुनुवाई गर्न आवश्यक भएको भन्दै साउन भित्रै सार्वजनिक सुनुवाई गर्न समेत बताउनुभयो ।यता जिल्लाका स्थानीय तह सहित जिल्लाका सरकारी कार्यालयहरुले बर्षभरी गरेका कामहरु, उपलब्धी र आय व्यवको सारंसमा प्रस्तुत गरेका थिए । स्थानीय तहहरु तातोपानी गाउँपालिका लेखाअधिकृत मिलन बुढ्थापा, कनकासुन्दरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र अधिकारी, पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापा, हिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढा, तिला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज सापकोटा, गुठिचौर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्मरराज गिरी र सिञ्जा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत एकराज चौलागाई सहित जिल्ला स्तरका कार्यालय प्रमुखहरुले प्रगति समिक्षामा आ(आफनो तहको भौतिक तथा बित्तीय प्रगतिको बिषयमा प्रस्तुत गर्नुभएको छ ।

समिक्षामा स्थानीय प्रशासनले स्थानीय प्रशासन सुधार योजना समेत सार्वजनिक गरेको छ । प्रमुख जिल्ला अधिकारी थापाले सो योजनाको प्रस्तुतीकरण समेत गर्नुभएको थियो । समिक्षामा पत्रकाहरु सहित सरोकारवालाहरुले विभिन्न जिज्ञासा राखेका थिए ।

प्रतिकृया दिनुहोस्