OnlinePana

आज : २०८१ बैशाख २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातासाउन ७, २०७७जुम्ला,
१०५८ पटक

साउन ७ गते । मुख्यमन्त्री उत्कृष्ट किसान पुरस्कार जुम्ला जिल्लाबाट २ किसानलाई छनौट गरिएको छ । सिञ्जा गाउँपालिका वडा नं ५ का स्याउ किसान रामसिंह रावल र तातोपानी गाउँपालिका वडा नम्बर ४ का किसान गंगादेवी न्यौपानेलाई छनौट गरिएको छनौट समितिका सदस्य सचिव तथा जिल्ला सहकारी संघका सचिव बिरबहादुर महतले जानकारी दिनुभयो ।

उनिहरुलाई एक औपचारिक कार्यक्रम गरि प्रमाणपत्र र नगदले पुरस्कृत गरिएको हो । कर्णाली प्रदेश सरकारको किसानलाई उत्साहित गर्ने कार्यक्रम अन्तरगत.जिल्लाभरबाट एक महिला एक पुरुषलाई पुरस्कृत गरिएको जानकारी गरिएको छ ।

यसैगरी एक सहकारी र एक समुहलाई समेत छनौट गरि पुरस्कृत गरिएको छ । कनकासुन्दरी गाउँपालिका ५ को नागरिक अर्गानिक कृषि सहकारी र हिमा गाउँपालिका वडा नं १ को महादेव समुह छनौट भएको महतले थप्नुभयो ।
उत्कृष्ट किसान रावल र न्यौपानेलाई रु २५,२५ हजारको २५ प्रतिशत करकट्टी गरेर प्रति व्यक्ति रु १८ हजार सात पचाँस पुरस्कार दिईएको छ ।

यसैगरी नागरिक अर्गानिक कृषि सहकारीलाई रु ५० हजारको २५ प्रतिशत करकट्टी गरेर ३७ हजार पाँच सय र महादेव समुहलाई ३५ हजारको २५ प्रतिशत करकट्टी गरेर २६ हजार दुईसय ५० रुपैयाको पुरस्कार दिईएको कृषि विकास कार्यालयका अधिकृत कमला थापाले जानकारी दिनुभयो । उत्कृष्ट किसानलाई जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले प्रदान गर्नुभएको छ ।

उत्कृष्ट पुरस्कार दिने किसानले कर्णाली प्रदेशमा समेत प्रतिष्पर्धा गर्नुपर्ने छ । जिल्लाका सवै स्थानीय तहमा दुई दुईजना किसानाई छनौट गरिएको र उनिहरु मध्यबाट सूचना आबह्रान गरि परेका निवेदनमा मापदण्ड अनुसार छनौट गरिएको कार्यालय प्रमुख बालाकराम देवकोटाले जानकारी दिनुभयो । उहाँले कोभिडको संक्रमणमा पनि कृषि नरोकिएको उदाहरण अहिले पनि भएकाले कृषि पेशा महत्वपूर्ण भएको बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले किसानलाई अव सप्ट लोन आवश्यक रहेको बताउनुभयो ।

किसान रामसिंह रावलले राज्यले यस्ता कार्यक्रमहरु ल्याउनु राम्रो भएको तर अलि धेरै किसानलाई पुग्ने कार्यक्रम गर्दा थप राम्रो हुने बताउनुभयो । किसानलाई पुरस्कार बितरण कार्यक्रममा कृषि विज्ञहरु, गाउँपालिका कृषि शाखाँका प्रमुखहरु, र किसानहरु सहभागी भएका थिए ।

प्रतिकृया दिनुहोस्