OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाई,साउन १, २०७७जुम्ला,
२१९१ पटक

जुम्ला, साउन १ गते । १२ बर्ष सम्म उपभोक्ताले संचालन गरेको जुम्लाको घुगुत्तिबाट उत्पादित विधुत संचालन तथा सम्भारको जिम्मेवारी नेपाल विधुत प्राधिकरणले जिम्मा लिएको छ ।

प्राधिकरणले साना जलविधुत उपभोक्ता समितिबाट जेठ १६ गतेबाट हस्ताक्षर गरी १८ गतेबाट संचालनको जिम्मेवारी लिएको हो । प्राधिकरण वितरण शाखा कार्यालय जुम्लाका प्रमुख गौरव पाण्डेका अनुसार लामो समय देखी लिजमा दिईएको सो बिधुत फिर्ता लिने तयारी भईहेको र अहिले संचालन तथा सम्भारको जिम्मेवारी लिईएको जानकारी दिनुभयो । उहाँका अनुसार लिज फिर्ता चाडै हुनेछ ।

बि.सं २०३९ सालमा तत्कालिन समयमा पूर्वमन्त्री हरिश्चन्द्र महतको समयमा निर्माण भएको विधुत बि.सं २०६४ सालमा जालपा हाईड्रोलाई दिईएको थियो । त्यसपछि साना जलविधुत उपभोक्ता समितिले जिम्मा लिएको थियो ।

जुम्लामा दिन प्रतिदिन घरधुरी बढ्दै जादा भने तत्कालिन समयको २ सय किलोवाटको उक्त बिजुलीको क्षमता घट्दै गएको थियो । पछिल्ला्े समयमा भारतीय दुतावासको सहयोगमा अहिले २२० किलोबाट विधुत उत्पादन भएपनि २४ घण्टे लोडसेडिङ अहिले जुम्लाले खेप्नु परिरहेको छ ।
अहिले जुम्ला सदरमुकाममा दुई हजार पाँच सय ७० वटा विधुतका ग्राहक छन् । ५८ किलोवाट विधुत ढाँणथपालाको समुदायले आफै संचालनमा ल्याएको प्राधिकरणले जनाएको छ ।

जुम्लामा चर्को लोडसेडिङ भएपछि जुम्लाको विधुत प्राधिकरण लिएको हो । संसदमा समेत जुम्ला अध्यारोको बिषयमा आवाज उठेपछि अहले प्राधिकरणले जुम्लको बिधुतलाई प्रथामिकता दिएको छ । यसैगरी लिज फिर्ता लिनका लागि नेपाल विधुत प्राधिकरण कर्णाली प्रदेश कार्यालय प्रमुख सुरेन्द्र प्रसाद अग्रहरीको संयोजकत्वमा समिति गठन भएको छ ।

यसैगरी जुम्लाका लागि दैलेख कालिकोटको चिलखाया हुदै ३३ केभीको नेपाल विधुत प्राधिकरणको लाईन टेण्डर गरिएको छ । यसैगरी कालिकोटमा आउने ३३ केभी लाईनबाट ११ केभी लाईन जुम्ला पुरयाउने तयारी भएपनि लकडाउने प्रभावित पारेको प्राधिकरणले जनाएको हो । यसैगरी जुम्ला देखी नाग्म सम्मको विधुत लाईनका लागि ठेक्का भईरहेको र जुम्लाकै एलिन निर्माण सेवा र हिमाली निर्माण सेवाले कामको जिम्मा लिएका छन् ।
नेपाल विधुत प्राधिकरण वितरण केन्द्र जुम्लाका ईन्जिनियर हेमन्त साहुका अनुसार अहिले २४ घण्टा भएको लोड सेडिङ १२ घण्टामा ल्याउने तयारी भईरहेको छ । एक महिनामा सो काम पुरा हुने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्