OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आषाढ २९, २०७७जुम्ला,
९७० पटक

जुम्ला असार २९ गते । जुम्लामा सलह पुगेपछि बालिमा क्षेति हुन नदिन जिल्ला प्रशासन कार्यालय जुम्लामा आकस्मिक बैठक बसेको छ ।
जिल्ला प्रशासन कार्यालयमा कृषि क्षेत्रको बिपतको बैठक बसेर रोकथामका लागि आकस्मिक छलफल तथा तयारी शुरु गरिएको होे । वैठकमा सलह जुम्लामा पुगेपछि कृषि विज्ञहरुसँगको राय सहितको छलफल सहित क्षेति कम गर्ने तयारी भईरहेको छ ।

कृषि कार्यालयक प्रमुख बालाकराम देवकोटाको अध्यक्षतमा बसेको वैठकमा सलहको परिचय सहित यसले पुरयाउने क्षेतिको बिषयमा कृषि बिज्ञहरुले सरोकारवालाहरुलाई जानकारी दिएर कृषि तथा खाद्य सुरक्षाका लागि छलफल सहित निर्णय गरिएको हो । बैठकमा कृषि बिकास कार्यालय जुम्लाका प्रमुख  देवकोटाले सलह डोल्पा हुदै जुम्ला पुगेको जानकारी दिनुभयो । उहाँले फिल्डमा समेत अनुगमन भईसकेकाले किसानहरु आफै बाजा बजाउने, थाल बजाउने र आगो बालेर भगाउने काम भईरहेको जानकारी दिनुभयो । जुम्ला पुगेको सलहले भने कुनै बालिमा बसेमा पुरै सखाप पार्न गरेको बताउनुभयो ।
स्याउ सुपरजोन जुम्लाका प्रमख तथा बरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीका अनुसार जुम्लामा आएको सलह लाखौको नभई हजारौ रहेको हो । नेपालमा यसले खासै धेरै क्षेति नपुरयाएको भएपनि तयारी हुनुपर्ने बताउनुभयो । उहाँका अनुसार रातभरी केही गर्दैन विहान घाम लाग्ने बित्तिकै बालि खोज्दै जाने यसको विशेषता रहेको छ ।

अर्को कुरा नेपालमा आईरहेको सलह समुह छुट्दै आईरहेको र कमजोर हुदै गएको छ । कृषि अनुसन्धान कार्यालय जुम्लाका निर्देशक डा. तिर्थ रिजालले जुम्लामा ८ देखी १० हजारको संख्यामा सलह आईरहेको देखिएको बताउनुभयो । उहाँले यसको उत्तम उपाए मेकानिकल उपाए रहेको जानकारी गर्नुभयो । यसका साथै यो जता जान्छ त्यहाँ किसान र सरोकारवाला निकायहरु सचेत हुन जरुरी रहेको जानकारी दिनुभयो । विज्ञहरुले समेत बाजा बजाउने, आगोको धुवा बाल्ने र भगाउनु नै यसको उपाय भएको जानकारी दिएका छन् ।
कृषि कार्यालयमा सलह अपडेट केन्द्र राखिने :
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको उपस्थितिमा बसेको वैठमा जिल्ला कृषि विकास कार्यालयमा सलहको सूचना आदान प्रदान गर्न सूचना केन्द्र स्थापना गरिने भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो । यसैगरी सूचना अधिकारीले सलहको अपडेटमा बढि अपडेट हुनुपर्नेछ ।
यसैगरी सलहको क्षेतिबाट बच्न जिल्ला स्थित संचार माध्याममा सूचना प्रकाशन तथा प्रसारण गरिने, बिषयगत कार्यालयले योजना बनाएर अगाडि बढ्ने समेत जानकारी दिनुभयो । यसैगरी विशेषज्ञहरुको सल्लाह अनुसारनै स्थानीय सुहाउदो विधी पद्धति अनुसार रोकथाम जनचेतनाका कामहरु गर्नुपर्ने निर्णय गरिएको छ ।

प्रजिअ थापाले सलहबाट बालि जोगाउन एकातिर नागरिक र अर्कोतिर सरोकार निकायहरु समयमै सचेत हुन अनुरोध गर्नुभयो । यसका साथै स्थानीय तहलाई बढि जिम्मेवारी बनाउन आवश्यक रहेको छ । अहले जुम्लामा आएको सलहले धान, आलु, मकै, सिमि, स्याउमा समेत अहिले क्षेति पुरयाउन शुरु गरिएको छ । जुम्लामा सलह जिल्लाको पातारासी, गुठीचौर र चन्दननाथमा आएर बालिमा क्षति पुरयाउन शुरु गरेको छ ।

 

प्रतिकृया दिनुहोस्