OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २७, २०७७जुम्ला,
९२९ पटक

खलङ्गा असार २७ गते । जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल किरा पुगेको बताईएको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको बताएका छन्  । पातारासी गाउँपालिका १ र २ का केही बस्तीमा सलह किराको झुण्डहरु प्रवेश गरेको भेटिएको स्थानीय बताउँछन् ।

त्यहाँको पेरे र तल्फि गाउँको विचमा रहेको मकै वारीमा सलह किरा भेटिएको गाउँपालिकाको कृषि शाखा संयोजक रुपक बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार किसानले खबर गरेपछि फिल्डमा अध्ययन गरेर फर्किएका उहाँले जानकारी दिनुभयो ।
सुरुसुरुमा छिटफुट रुपमा देखिएपनि अहिले ठूलो झुण्डमा देखिन थालेका स्थानीय बताउछन् । आलु र मकै बारीमा प्रवेश गरेर ठूलो नोक्सान गरेको किसानको गुनासो छ । सलह भगाउनको लागि विभिन्न बाजा बजाउने, मान्छे कराउने गरेकाछौ तर भागेका छैनन् स्थानीय गोरबहादुर रावतले जानकारी दिनुभयो ।

यता पातारासी गाउँपालिकामा सलह किराको झुण्डहरु प्रवेश गरेकोले किसानलाई सचेत रहन आग्रह गरिएको छ । पातारासी गाउँपालिका प्रमुख टेकबहादुर बुढ्थापाले प्रतिवेदन आउदैछ । अव सलह भगाउन के गर्नुपर्ला भन्ने बिषयमा आकस्मिक वैठकको तयारी भईरहेको जानकारी दिनुभयो ।

किसानले ठूलो आवाज निकाल्ने, धुँवा जस्ता विधिबाट सलहलाई तितरबितर पार्ने प्रयास भइरहेको छ । सानो क्षेत्रमा गरिएको खेतीमा झुल वा जालीले छोपेर बालीनाली बचाउने, एसडि प्रयोग गर्ने, लसुन पानी उमालेर छर्ने र जैविक विषादीको प्रयोग गरी सलह किराको नियन्तत्रण गर्न सकिने कृषि विकास शाखा कार्यालय पातारासीले जानकारी दिएको छ ।

ठूलो मात्रामा सलह प्रवेश गरेकोले जुम्लाको स्याउ, मकै, उवा गहुँ लगायतका रैथाने बालीमा क्षति पुग्ने डर भएको छ ।सलहले मकैबाली सखाप पार्न थालेपछि भोकमरी हुन सक्ने भन्दै किसान आत्तिन थालेका छन् । यो फट्याङ्ग्रा जस्तो हुदो रहेछ प्रत्यक्ष तल्फि र पेरेमा आएको कृषि शाखा प्रमुख बुढाले बताउनुभयो ।

जानकारहरुका अनुसार सलहले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठसमेत खाएर नष्ट पारिदिन्छ । जेठदेखि असोजसम्म बढी प्रकोप हुने सलह किरा एकै दिनमा १ सय ५० किलोमिटर भन्दा टाढासम्म पुगेर बालीनालीमा क्षति र्पुयाउन सक्ने विज्ञहरु बताउदै आएका छन् । स्याउ सुपरजोन कार्यालयका प्रमुख नवराज भण्डारीले यसले नेपालमा खास क्षेति पुरयाएको देखिदैन । तर सलह हो वा के हेर्न फिल्डमा गएर मात्रै थाहाँ हुने उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्