OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २६, २०७७काठमाडौं
६३५ पटक

काठमाण्डाै – नेपाल पत्रकार महासङ्घले नेपालको बारेमा भारतीय मिडियाले प्रसारण गरेको सामग्री पीत पत्रकारिताको नमुना भएको जनाएको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको बारेमा जी न्युजले असत्य, भ्रामक र कपोकल्पित सामग्री प्रसारण गरेकोमा नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

भारतीय सञ्चारमाध्यमबाट अत्यन्त तल्लो स्तरबाट गरिएको प्रचार निन्दनीय र आपत्तिजनक भएको र यो प्रचार पीत पत्रकारिताको नमुना रहेको महासङ्घको दाबी छ । जी न्युजका सामग्री प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको महासङ्घको ठहर छ ।

महासङ्घले प्रधानमन्त्रीविरुद्ध भारतीय मिडियामा सम्प्रेषण भएका झूठा र आक्षेपपूर्ण समाचारको सम्बन्धमा कुटनीतिक माध्यमबाट खण्डन गर्न र आगामी दिनमा यस्ता कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न सरकारको गम्भीर ध्यानाकर्षण पनि गराएको छ ।

प्रतिकृया दिनुहोस्