OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सुमित्रा शाहीआषाढ २६, २०७७ नेत्र शाही
९५३ पटक

असार २५ गते । गुठिचौर गाउँपालिकाका दुई जना किसानलाई पुरस्कृत गरिएको छ ।
गाउँपालिकाको कृषि शाखाले गाउँपालिका भित्रका एक जना पुरुष र एक जना महिला किसानलाई उत्कृष्ट किसानको रुपमा पुरस्कृत गरिएको कृषि शाखा गुठिचौरका प्रा.स उमेश न्यौपानेले जानकारी दिनुभयो ।

उहाँका गुठिचौर गाउँपालिका वडा नं ५ निवासी व्यवसायीक भैसीपालन किसान बिष्णु धिताल र वडा नं ४ की स्याउ किसान ऐना न्यौपाने रहेका छन् । उहाँहरुलाई रु ११ हजार दुई सय पचाँस र २५ प्रतिशत करकट्टी सहित रु १५ हजारको पुरस्कार रहेको छ । उहाँहरु दुवै जनालाई गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले प्रमाणपत्र सहित नगदले सम्मान गर्नुभएको थियो ।

किसानाहरुलाई प्रोत्साहन गर्नको लागि यस्तो प्रकारको पुस्कार सरकारले गरेकोमा निकै प्रभावकारी भएको गुठिचौर गाउँपालिका कृषि शाखा प्रमुख धनप्रसाद पाण्डेले बताउनुभयो ।

पछिल्ला समयमा किसानलाई पुरस्कृत गर्ने कार्यक्रमले उत्साहित बनाउदै आएको निमित््त्त  प्रमुख  प्रशासकिय अधिकृत अमराज गिरिले बताउनुभयाे  । हेरक स्थानीय तहले यस्ता कार्यक्रमहरुको निरन्तरता हुनुपर्ने किसानहरुले बताएका छन् । आफुले गरेको मिहिनेतमा गाउँपालिकाले मुल्यांकन गरेकोमा खुशी व्यक्त गर्दै पुस्कृत भैसीपालक किसान बिष्णु धितालले धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सरकारले राष्ट्रि«य स्तरमा समेत आफ्नो मुल्यांकन गर्ने आशा गरेको बताउनुभयो ।
किसान धितालका अहिले ११ वटा भैसी दुधदिने भैसी रहेका छन् ।

उहाँको बार्षिक आम्दानी रु १० लाख रहेको छ । कोरोनाका कारण लकडाउने यो दुई महिनामा भने घाटा लागेको धितालले बताउनुभयो । यस्तै स्याउ किसान ऐना न्यौपान गाउँपालिकाको राम्रो स्याउ किसान भएको गाउँपालिकाले जनाएको छ । स्याउ किसान उपाध्यायको बार्षिक आम्दानी रु ५ लाख रहेको छ । अहिले तीन सय स्याउका विरुवा रहेका र डेड सय बिरुवा स्याउ फल्ने गरेको कृषि शाखाँले जनाएको छ । उत्कृष्ट किसानहरुलाई जिल्लाले पनि पुरस्कृत गर्ने व्यवस्था गरेको छ । ति किसानहरु मध्य जिल्ला र प्रदेशमा पनि पुरस्कृत हुने व्यवस्था रहेको कृषि विकास कार्यालय जुम्लाका कृषि अधिकृत खेमराज शाहीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्