OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

कर्णाली प्रदेश विनियोजन विधेयकमाथि छलफल जारी

उत्तर–दक्षिण भनेर फुट्नेहरु के जनताको काम गर्न सक्छन् 

कोरपाटी संवाददाताआषाढ २१, २०७७ सुर्खेत
११२२ पटक

२१ असार २०७७, आईतबार

कर्णाली प्रदेशसभाको छैटौ अधिवेशनको आज बसेको २४औं बैठकमा पनि विनियोजन विधेयक, २०७७ माथि छलफल जारी रहेको छ ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी र सामाजिक विकासमन्त्री दल रावलले आ–आफ्नो मन्त्रालयसअन्तरगतको बजेटमाथिको छलफलमा प्रदेशसभा सदस्यहरुले शनिबार राखेका जिज्ञासाको जवाफ दिएसँगै आज भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेटमाथि छलफल शुरु भएको छ ।

बजेटमाथिको छलफलमा भाग लिनुभएका सत्तापक्षका प्रदेशसभा सदस्य चन्द्रबहादुर शाहीले मन्त्री केन्द्रित बजेट भएको टिप्पणी गर्दै त्यसमा भएको विभेदीकरण हुन नहुने कुरा सुझाउनुभयो । प्रतिपक्षी दलका प्रदेशसभा सदस्य हिमबहादुर शाहीले बजेटको किताब स्पष्ट ल्याएको भन्दै सरकारलाई धन्यवाद दिनुभयो । बाहिर कर्णालीमा शाही शासन चलेको भनिएपनि यहाँ शाहीले नै शाहीलाई सुत्न नदिएको उहाँको भनाई थियो ।
सत्तापक्षका सदस्य पदमबहादुर रोकायले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सन्तुलित बजेट ल्याईरहँदा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बजेट विभेदकारी ल्याएको टिप्पणी गर्नुभयो । यता अर्का खड्कबहादुर खत्रीले वास्तविक किसान र नागरिकहरुले अनुदान नपाउने गरेको धाराणा व्यक्त गर्दै डिपिआरका नाममा भ्रष्टाचार भएको र यस्ता काममा जोड नदिन सरकारलाई सुझाउनुभयो ।

प्रदेशसभा सदस्य ठम्मर विष्टले बजेटको किताब परिस्कृत ढंगले ल्याउन आग्रह गर्नुभयो । प्रतिपक्षी र सरकारका कारण दुःख पाईएको दोषारोपण गर्दै उहाँले दुवै पक्षलाई गम्भीर हुन आग्रह गर्नुभयो । त्यसैगरी, सदस्य सोशिला शाहीले अवसरवादीहरुबाट बच्न सुझाउँदै सरकारलाई बजेट कागजमा नभई कार्यान्वयन पक्षमा ध्यान दिन आग्रह गर्नुभयो । भाग लिने सबै प्रदेशसभा सदस्यहरुले कृषि मन्त्रालयको बजेटमा सकरात्मक टिप्पणी गरेका थिए ।

उत्तर–दक्षिण भनेर फुट्नेहरु के जनताको काम गर्न सक्छन् ?

कर्णाली प्रदेशसभाको छैटौ अधिवेशनको आज बसेको २४औं बैठकमा काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले कम्युनिष्ट सरकार लाचार हुँदै गएको टिप्पणी गर्नुभयो ।

प्रदेशसभाको आजको बैठकमा बोल्ने क्रममा संघीय सरकार र नेकपाको भित्रको चर्को विवादलाई संकेत गर्दै नेता शाहीले व्यंग्य गर्नुभयो, “उत्तर–दक्षिण भनेर फुट्नेहरु के जनताको काम गर्न सक्छन् ? हाम्रो लागि असल मित्र र खराब शत्रु कोही छैन ।” उहाँले सत्तापक्ष र प्रतिपक्षीको जिम्मेवारी बुझ्न नसक्नुले भोलि पनि ताल त्यही हुने औंल्याउनुभयो ।

कर्णाली सरकारको कान र आँखा दुवैमा समस्या भएको कटाक्ष गर्दै नेता शाहीले सरकालाई व्यंग्य गर्दै भन्नुभयो, “खान त खाइस् भालु, छेर्दा थाहा पाउलास् ? वैदार हुनु सजिलो थ्यो, बै बुझाउनु गाह्रो भो भन्ने दिन पनि नआउलान् भन्न सकिन्न सरकार ?” यी यस्तै उखान र टुक्काबाट सरकारलाई गम्भीर भएर बजेट कार्यान्वयन गर्न उहाँले चेतवानी दिनुभयो ।

त्यस्तै, सरकारले काम गरेका कुल्ली र ठेकेदारलाई ज्याला दिन नसकेको उहाँको आरोप थियो । दुवै मन्त्रालयको बजेटमाथि आज प्रदेशसभा सदस्यहरुले उठाएका जिज्ञासाहरुको जवाफ सम्बन्धित मन्त्रीहरुले सोमबार शुरुमै जवाफ दिने समय तोकिएको जानकारी गराउँदै सभामुख राजबहादुर शाहीले २५औं बैठक भोलि दिउसो १ः०० बजे बस्ने जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्