OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ १६, २०७७सुर्खेत
८४६ पटक

१५ असार २०७७ मंगलबार

कर्णाली प्रदेशमा असार १४ गतेसम्म ३९ प्रतिशत धान रोपाईं भएको छ ।

कर्णालीमा धान उत्पादित कुल ४९ हजार ४२५ हेक्टर जमीन मध्ये हालसम्म १९ हजार २४२ हेक्टरमा ३९ प्रतिशत धान रोपाईं सकिएको हो । २७६ हेक्टर धान खेती हुने डोल्पामा जिल्लामा शतप्रतिशत रोपाईं भएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्त हरिप्रसाद पण्डितले जानकारी दिनुभयो । १३ हजार ५०२ हेक्टर क्षेत्रफलमा धान खेती गरिने सुर्खेतमा भने हालसम्म १५ प्रतिशत मात्र रोपाई भएको प्रवक्ता पण्डितले बताउनुभयो ।

त्यसैगरी, आठ हजार ३०१ हेक्टर जमीनमा धान खेती हुने दैलेखमा १५, सात हजार ७८ हेक्टर क्षेत्रफल भएको सल्यानमा ६५, चार हजार १६७ हेक्टर क्षेत्रफलको मुगुमा ६५ र तीन हजार ७० हेक्टर क्षेत्रफल भएको जाजरकोटमा ६५ प्रतिशत धान रोपाई भएको उहाँले जनाउनुभयो । उहाँका अनुसार सात हजार ७८ हेक्टर क्षेत्रफल भएको रुकुपश्चिममा ३६, ५७४ हेक्टर क्षेत्रफल भएको हुम्लामा ९५, दुई हजार ५७७ हेक्टर जमीन भएको कालीकोटमा २७ प्रतिशत र दुई हजार ८०० हेक्टर क्षेत्रफल भएको जुम्लामा ९७ प्रतिशत धान रोपाई भएको छ ।

कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कोभिड–१९ का कारण धान रोपाईंमा ढिलाई भएको जनाउनुभयो । मन्त्री केसीले भन्नुभयो, “कोरोनाको जोखिम अवस्थालाई ध्यानमा राखेर भौतिक दूरी कायम गर्दै कृषि कर्मलाई नियमित किसानहरुलाई अपिल गरिएको छ । यसअघि किसानहरुलाई खेती तथा धान रोपाईं कार्यमा कोरोनाले अन्योल बनाएपनि अब रोपाई कार्य तीव्र गतिमा जान्छ ।”

उत्पादनका कार्यलाई निरन्तरता दिनुका साथै यसको वृद्धि गर्नेतर्फ ध्यान नदिईए निकट भविश्यमा खाद्य तथा पोषण असुरक्षाको खतरा बढ्न सक्ने कुरालाई सचेत गराउँदै उहाँले कृषि सम्बन्धी सम्पूर्ण गतिविधिहरुमा संलग्न हुँदा आवश्यक सतर्कता अपनाई सो कार्यलाई नियमित राख्न किसानहरुलाई आग्रह गर्नुभयो ।

प्रतिकृया दिनुहोस्