OnlinePana

आज : २०८३ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ १५, २०७७
१४९५ पटक

एजेन्सी । इरानले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ। ट्रम्पलाई गिरफतार गर्न इरानले इन्टरपोललाई मद्दत मागेको छ । इरानको यो कदमको पछाडि गत जनवरीमा बग्दादमा भएको ड्रोन हमलामा इरानी सेना प्रमुख जनरल कासिम सुलेमानीको मृत्‍यु भएको थियो ।

तेहरानका महान्‍यायाधिवक्ता अली अलकासिमेहरले सोमबार भनेका छन्, ‘३ जनवरीमा भएको ड्रोन हमलामा राष्ट्रपति ट्रम्पसहित अरु ३० जना सहभागी थिए। यी सबै माथि हत्‍या र आतंक फैलाउने आरोप लागेको छ। इरान ट्रम्पलाई गिरफ्तार गर्ने पुरै कोशिसमा लाग्‍नेछ। ट्रम्प राष्ट्रपति किन नहुन् ।’

तर इरानले जारी गरेको वारेन्टको जवाफ इन्टरपोलले दिएको छैन। यता अलकासिमेहरले इरानले इन्टरपोल मार्फत ट्रम्पसहित बाँकी आरोपीहरुविरुद्ध रेड नोटिस जारी गरेको अपील गरेको थियो । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले कासिम सुलेमानीलाई आतंकवादीको दर्जा दिँदै दिल्लीदेखि लण्डन कतै भेटिए कारबाही गर्ने चेतावनी दिएका थिए।

प्रतिकृया दिनुहोस्