

कनकासुन्दरी १५ असार २०७७, सिंजा क्षेत्रको कनकासुन्दरी गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेको छ । असार १० गते नै निति तथा कार्यक्रम सार्वजनिक गरेको गाउँपालिकाले बजेट समेत प्रस्तुत गरेको हो ।
गाउँपालिका उपाध्यक्ष उर्मिला खत्री भण्डारीले प्रस्तुत गर्नुभएको बजेट रु ३७ करोड ९८ लाख २८ हजार एक सय ८९ रुपैया विनियोजन गरिएको जानकारी गरिएको छ ।
गाउँपालिकाले गाउँसभाका पदाधिकारी, सदस्य र सरोकारवाला निकायहरुको उपस्थितिमा विनियोजन गरिएका कार्यक्रमको बजेट सहित गाउँकार्यपािलका र गाउँसभाका सदस्यहरुको हातमा दिईएको छ ।
गाउँपालिकाले प्रस्तुत गरेको बजेटमा जनता सँग अध्यक्ष कार्यक्रम रु एक करोड, जनता सँग उपाध्यक्ष कार्यक्रम रु ४० लाख समेत विनियोजन गरेको छ ।
गाउँपालिकाको सभाले स्वास्थ्य सामग्री सहित पूर्वाधारमा जोड दिएको छ । बजेटमा २ वटा स्वाथ्यचौकीलाई भिडियो एक्सरे मेशिन खरिद, प्रयोगशालाका किट तथा सामाग्र खरिद, अति आवश्यक औषधी खरिद, गाउँपालिका भित्रका सवै नागरिकहरुको रक्तसमुह पहिचान, हाँटसिंजामा पोषण केन्द्र व्यवस्थापन, स्वास्थ्यचौकीमा डेस्टप कम्प्यूटर खरिद, मार्फनमा स्वाथ्य चौकी स्थापना लगायतमा बजेट विनियोजन गरिएको छ ।
गाउँसभाले खस सभ्यताको खस सस्कृति जगेर्ना गर्न उख्खान टुक्का संकलन दस्तावेजमा बजेटमा रु ३ लाख विनियोजन सहित कनकासुन्दरी मन्दिर जाने रेलिङबाटोमा रु ३० लाख बजेट विनियोजन गरेको छ ।
यसैगरी गाउँसभाले विधुत, शिक्षा र खानेपानीको पूर्वाधारमा समेत निरन्तरता दिएको छ ।
यसैगरी वडा नं २ मा कभर्डहल निर्माण गर्ने भएको छ । अपांगता भएका व्यक्तिको शिपमुलक तथा जनचेतना कार्यक्रम, जेष्ठ नागरिक र वालवालिकाहरुलाई सम्मान कार्यक्रममा जोड दिईएको छ । यसैगरी महिला उत्थान कार्यक्रम , दलित र जनजाति उत्थान कार्यक्रममा समेत प्रथामिकता दिईएको उपाध्यक्ष भण्डारीले थप्नुभयो ।
यसैगरी वडा कार्यालय व्यवस्थापन, शिक्षकलाई तालिम र कर्मचारीको क्षमता अभिबृद्धिमा समेत जोड दिईएको छ । गाउँपालिकाको हिमानदी जलविधुत कुलो मर्मतलाई रु छ लाख र लुम बत्तिको फलामे तार खरिद रु १० लाख ५० हजार बजेट विनियोजन गरिएको छ ।
यसैगरी बाटो र सडकलाई समेत प्रथामिकता दिईएको छ । बजेट कार्यक्रम यस पटक वडामा केन्द्रीत भएको गाउँपालिका अध्यक्ष नरविर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार समिति बजेट तर विकास आवश्यकता धेरै भएकाले समस्या भएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र अधिकारीले सवैको सहमतिमा बजेट समेत ल्याईएको र कार्यान्वयनमा सवैको सहयोगको आवश्यकता रहेको जानकारी गर्नुभयो । ४ जना सम्मानित: गााउँपालिकाका जना कर्मचारिलाई सम्मान गरिएकाेछ । काेेभिड १९ काेराेना भाईरस जितेर फर्किएका एक र एक जना अर्का स्वास्थकर्मी, लेखापाल गाेपाल बुढा र एक जना सडकमा कार्यरत रंगबहादुर हमाललाई दाेसल्ला कदरपत्रले सम्मान गरिएकाेछ ।