OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीआषाढ १२, २०७७जुम्ला,
१०३५ पटक

असार १२ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमण देखिएका थप २५ जनालाई आईसुलेसनमा भर्ना गरिएको छ ।

अस्पतालले उनिहरुलाई आईसुलेशनमा राखेको जनाएको हो । प्रतिष्ठानका निर्देशक डा. मंगल रावलले जारी गरेको बिज्ञेप्तिमा एक जना अस्पतालमा भर्ना भएका विरामी, २ जना स्वास्थ्यकर्मी तथा अन्य परीक्षणका लागि आएका २२ जना गरी २५ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि आईसुलेशनमा राखेको र उहाँहरु सवैको स्वास्थ्य अवस्था सामान्य भएको जानकारी गरिएको हो ।

यस अघि ४ जना अस्पतालकै स्वास्थ्यकर्मीहरु र ४ जना अन्य गरी ८ जना समेत आईसुलेशनमा राखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
२५२ जना स्वास्थ्यकर्मीको परीक्षण :
अस्पताल भित्रका फरक फरक विभागका स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि उच्च सतर्कता अपनाउदै अस्पालको ईमरसन्सी सेवा वाहेक अन्य सवै तीन दिन देखी बन्द गरिएको छ । यसैगरी अघिल्लो पटक पिसिआर परीक्षण गरि सकेका स्वास्थ्यकर्मीहरु २५२ जनाको पुन परीक्षण गरिएको र जसमध्य २ जना वाहेक सवैको नेगेटिभ नतिजा आएको अस्पतालले जनाएको छ । अस्पताल भित्रकै स्वास्थ्यकर्मीहरुमा पोजेटिभ देखिएपछि सवैको एका एक फेरी परीक्षण गर्नु परेको थियो । पछिल्लो समयमा डयूटिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुमा समेत देखिन थालेपछि चिन्ता बढेको छ तथापी कठिन परिस्थितिका विचमा कोरोना बिरुद्धको लडाईमा प्रतिष्ठानका जनशक्तिले काम गरिरहेका छन् ।
निषेधाज्ञाले सुनसान :
अस्पतालमै कोभिड १९ ( कोरोना भाईरस) संक्रमण भएपछि समुदामा फैलिन नदिन स्थानीय प्रशासनले मिति २०७७ असार १० गतेबाट निषेधाज्ञा गरिएको छ ।
स्थानीय प्रशासनले निषेधाज्ञा गरेपछि अहिले जुम्लामा सवै सरकारी कार्यालय, बजार, यातायात पूर्ण बन्द तथा लकडाउन भएको छ । स्थानीय प्रशासन तथा सुरक्षा निकायले सुरक्षा व्यवस्था कडा गरेको छ । बजारमा नेपाल प्रहरी र शशस्त्र प्रहरीले निरन्तर गस्ति गरिरहेका छन् । यसका साथै सामाजिक विकास मन्त्रालय कर्णालीको प्रतिवेदनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा जाँच गरिएका मध्य थप ३ जनामा शुक्रवार पनि कोरोना पोजेटिभ भएको जानकारी गरिएको छ ।

प्रतिकृया दिनुहोस्