OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
दाना शाही आषाढ १२, २०७७सुर्खेत
६३४ पटक

१२ असार २०७७, शुक्रबार

विश्वव्यापी महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कर्णालीका थप २६ जनामा पुष्टि भएको छ ।

आज २६ जना थपिएसँगै कर्णाली प्रदेशमा संक्रमित हुनेको संख्या एक हजार ४३३ पुगेको हो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार कर्णाली प्रदेश अस्पताल तथा पशुंपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पिसिआरमा १२ सुर्खेत, पाँच दैलेख, तीन सल्यान, दुई जाजरकोट र एक मुगु गरी २३ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।

त्यसमा सुर्खेत वीरेन्द्रनग नगरपालिकाका ११ र बराहताल गाउँपालिकाका एक, दैलेख दुल्लु नगरपालिकाका पाँच, सल्यान शारदा नगरपालिकाका तीन, जाजरकोट शिवालय गाउँपालिकाका दुई र मुगु छायाँनाथ नगरपालिकाका एक जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको आरटी पिसिआर परीक्षणमा काठमाडौं टोखा नगरपालिकाका एक, सुर्खेत वीरेन्द्रनगर नगरपालिकाका एक र जुम्ला सिञ्जा गाउँपाकिाका एक गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको महाशाखा प्रमुख डा.तिवारीले बताउनुभयो । यतिबेलाको पिसिआर परीक्षणमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी देखिएकोले कोरोना संक्रमण समुदायमा फैलिएको बताईएको छ ।

आज २८ जना थपिएसँगै कोरोना संक्रमण जितेर घर फर्कनको संख्या हालसम्म ७२० पुगेको महाशाखाले जनाएको छ । भारतको अहमदावादबाट फर्केर जेठ ११ गतेदेखि दुल्लु क्वारेन्टिन बसी जेठ २५ गते आरडिटी नेगेटिभ आएर घर फर्केको १६ दिनपछि असार ९ गते बेलुका आत्महत्या गरेका दुल्लु नगरपालिका १० गमौडी दैलेखका २१ वर्षीय युवकको मृत्युपश्चात् बिहीबार प्रदेश अस्पताल सुर्खेतमा आरटी पिसिआर विधिबाट गरिएको स्वाब परीक्षणमा रिपोर्ट पोजेटिभ देखिएपछि कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या छ पुगेको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्