OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही , आषाढ ६, २०७७जुम्ला ।
२३३६ पटक

खलङ्गा असार ६ गते । साविक कर्णालीको मुटु जुम्लाको सदरमुकाम खलङ्गामा पुन सरसफाई अभियान नयाँ शुरु गरिएको छ । चन्दननाथ नगरपालिका, जिल्ला प्रशासन कार्यालय सहित सरोकारवाला निकायहरुको सक्रियतामा शनिवार सदरमुकाममा बृहत सरसफाई सहित स्वच्छ सफा शहरको अभियान थालिएको हो ।
लामो समय देखी निर्णय नहुदा सड्कमै थन्किएको फोहोर धेरैपछि शनिवार सफाई भएकोछ । फोहोर उठाउन तथा सरसफाई गर्न गरिएको उक्त अभियान जिल्ला प्रशासन कार्यालयबाट शुरु गरेर मुख्य बजार, मुख्य बजार देखी कालेखोली साईड, टुडिखेल देखी अस्पताल रोड भारतीबाडा, जिल्ला प्रहरी कार्यालय, बिजयनयर लगायतका क्षेत्रमा फेरी सरसफाई गर्नुका साथै फोहोर उठाएर सफा अभियान शुरु गरिएको हो ।
बजार खुलेसँगै फाहोरमैला बढेको र यस अघि समेत थुप्रिएको फोहोर सफा गरि व्यवस्थापन गर्न जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की, उपप्रमुख कार्मा बुढा, चन्दननाथ नगरपालिकाका नगर प्रमुख कान्तिका सेजुवाल, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा सहित नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी सहित सरोकारवालाको टोलीले तत्काल देखिएको फोहोर सहित नाली समेत सफा गरेको छ ।
जुम्ला बजारमा अस्थायी ल्याण्डफिल साईड नहुदा बजारमा निस्केको फोहोर समेत व्यवस्थापन नभई समस्या भईरहेको समयमा विहिवार प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतामा बसेको वैठकले चन्दननाथ नगरपालिका वडा नं ४ स्थित खालागाडमा अस्थायी ल्याण्डफिल साईड बनाउने निर्णय पछि बजारको फोहोर सो स्थानमा लिने तयारी भईरहेको छ । सरसफाई गरिएको फोहोर सो स्थानमा चन्दननाथ नगरपालिकाले व्यवस्थापन गरेर अव स्वच्छ शहरको अभियान अघि बढाएको छ ।

यसैगरी खलङ्गालाई स्वच्छ, सफा शहर बनाउन फोहोर व्यवस्थापन गर्ने अभियानमा मुख्य मुख्य स्थानमा फोहोर मलाई नामक डस्विन समेत राखिने भएको छ । फोहर व्यवस्थापन सरसफाई कार्यक्रममा सुरक्षा निकाय, स्थानीय नागरिक सहित सरोकारवाला निकायको सहयोगमा फोहोर उठाउने निर्णय समेत भएको थियो ।
फोहोरमैला व्यवस्थापन बिषयमा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले यो निर्णयले तत्काललाई समस्या सामाधान हुने र दिर्घकालिन डम्पिङ साईडको लागि सवैको सहयोगमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
यसैगरी लामो समय सम्म फोहोर फाल्ने स्थान नभएका कारण बजार दुर्घन्धित हुदै गएपछि जुम्ली यूवाहरुले फोहोर लिएर विहिबार नगरपालिकामा थुपारिदिएका थिए ।

यता चन्दनननाथ नगरपालिकाले लामो समय देखी वडा नम्बर २ स्थित दुनादुनैमा डम्पिङ साईड निर्माण गरिरहेको छ । यो स्थानमा निर्माण हुन समय लाग्ने भएकाले फोहोर उठ्न सकेको थिएन् । सदरमुकामा सड्क व्यवस्थापन, ढल निकास सहित जम्मा भएको फोहोर व्यवस्थापन मात्रै गर्ने हो भने सफा सदरमुकाम हुनेछ ।

 जुम्ला सदरमुकाम खलंगामा सरसफाई अभियान तस्बिर : नेत्र शाही

 

प्रतिकृया दिनुहोस्