OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटीआषाढ ४, २०७७जुम्ला,
९४१ पटक

जुम्ला असार ४ गते ।

नेकपा जिल्ला कमिटि अध्यक्ष विरबहादुर कुवँर र सचिव तिर्थ बुढाले स्थानीय तहको कमिटि विस्तारमा गरेको प्रदेश सदस्य सम्मिलित पक्षले आरोप लगाएका छ । बिहिवार पत्रकार सम्मेलन गरी उनीहरुले पार्टीको विधि विधान विपरित स्थानीय तहका कमिटि विस्तार गरेको आरोप लगाएका हुन् । नेकपा जिल्ला कमिटि अध्यक्ष र सचिवले मनपरी तरिकाले स्थानीय तहका कमिटि विस्तार गरेपछि ध्यानाकर्षण गराउदा पनि अटेर गरिएको पत्रकार सम्मेलनमा आरोप लगाएका छन् ।

अध्यक्ष र सचिवको एकल निर्णयले स्थानीय तहका कमिटि अध्यक्ष र सचिव चयनमा मनपरी गरेको नेकपा प्रदेश कमिटि सदस्य पूर्व राज्यमन्त्री बलबहादुर महतले बताउनुभयो । उहाँले यो पार्टीको विधि विधान विपरित गरिएको छ । पार्टीको केन्द्रीय कमिटिले कोरोना माहामारीको बेला पार्टीका कुनै पनि गतिविधि नगर्ने र सिंगो पार्टी कार्यकर्ता कोरोना नियन्त्रण तथा रोकथाम लाग्ने निर्देशन गरेपति जिल्ला अध्यक्ष र सचिवले निर्देशन लत्याएर मनोगत ढंगले काम गरेको बताउनुभयो । यसैगरी प्रदेश कमिटीले दिएको निर्देशन समेत नमानी काम भएको गुनासो गर्नुभयो ।

नेकपा कर्णाली प्रदेश सदस्य शान्तिलाल महतका अनुसार पार्टीका संगठन विस्तार गर्ने कुरामा विधि विधान र जिल्ला कमिटि भन्दा माथिल्लो तह प्रदेश सदस्य, जिल्ला इन्र्चाज, सहईन्चार्ज सहित आम भेलाबाट काम गर्ने भनेको छ । तर यहाँका नेतृत्वले नै आफ्नो मनोगत ढंगबाट संगठन विस्तार गर्दा अहिले विरोध भइरहेको बताउनुभयो । उहाँले यो विषयमा प्रदेश कमिटिले अहिले कुनै पनि पार्टीका गतिविधि नगर्नु र नगराउन भनेको छ । पार्टीको केन्द्रीय कमिटिमा पनि जानकारी भएकाले यो विषयमा केही निर्णय भएर आउने अपेक्षा गरिएको उनको भनाई छ ।
अर्का प्रदेश कमिटि सदस्य नवराज न्यौपानले भने पार्टीका विधि विधानमा जिल्ला कमिटिले माथिल्लो कमिटिमा समन्वय र सल्लाह सुझाबको काम गर्ने भनेको छ तर यहाँ वेवास्ता गर्ने गरिएको छ । प्रदेश कमिटिका १० जना सदस्यले अहिले अध्यक्ष र सचिव काम कारवाही प्रति निकै असन्तुष्ट रहेको जनाएका हुन् । पार्टी साँझा सहमति र समझदारीमा चल्ने हो । एकल निर्णयले पार्टी चलाउन खोज्दा अहिले समस्या आएको हो ।
प्रदेश कमिटिका सदस्यहरु, बलबहादुर महत, शान्तिलाल महत, धिरेन्द्रराज गिरी, गोर्ख पछाई, नवराज न्यौपाने, डा. कुशेन्द्रबहादुर महत, टेकराज पछाई, चुक्की शाही, लक्ष्मीकन्या बुढा र मेनका पछाईले अध्यक्ष र सचिवको एकल निर्णयको विरोध गरेका हुन् ।

गएको ०७६ फाल्गुन २२ गते बसेको जिल्ला कमिटि जुम्लाको दोस्रो पूर्ण बैठकले जिल्ला कमिटि अन्तर्गत रहेका सम्पूर्ण कमिटिहरुको एकता पक्रिया टुङ्गयाएर व्यवस्थित गर्न मौखिक रुपमा दिएको निर्देशन वास्ता नगरी मनोमानी तवरले स्थानीय तहका कमिटि गठन गरेको संयुक्त प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पातारासी र तातोपानी गाउँपालिका कमिटि नै भंग गरेर नयाँ नेतृत्वलाई जिम्मेवारी दिएको रुष्ट नेतृत्वले जनाएको छ ।
तातोपानी गाउँपालिकाका अमृत सार्कीले भने पहिलोको निर्णयमा स्थानीय तह कमिटिको जिम्मेवारी मलाई दिएको थियो, २ वटा कार्यक्रम पनि भयो तर जिल्ला अध्यक्ष र सचिवको एकल निर्णयले विना जानकारी जिम्मेवारी खोसिएको गुनासो पोख्नुभयो । अझैपनि सच्चिने समय भएकाले पुर्नविचार गर्न पत्रकार सम्मेलन मार्फत अनुरोध गरिएको प्रदेश कमिटि सदस्य शान्तिलाल महतले थप्नुभयो ।

यस्तो छ, पार्टी अध्यक्ष र सचिवको प्रतिक्रिया :

यता नेकपा जुम्ला जिल्ला कमिटी अध्यक्ष विरबहादुर कुवँरले केन्द्रीय कमिटी, प्रदेश कमिटिले दिएको जिम्मेवारी, अधिकार अनुसार नै स्थानीय तहका संगठन विस्तार गरिएको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार पार्टी गतिविधिमा यस्ता गतिविधि गर्न छुट नभएको जानकारी दिनुभयो ।
यता जिल्ला कमिटि सचिव तिर्थ बुढाले जिल्ला कमिटिले पूर्ण रुपमा फरमेशन गर्ने अधिकार दिए अनुसार संगठन बिस्तार गरिएको प्रतिक्रिया दिनुभयो । उहाँका अनुसार समन्वय पनि गरिएको हो ।
उहाँका अनुसार रुष्ट पूर्व एमालेका तर्फवाट एक जना गाउँपालिका अध्यक्षको माग थियो त्यो पुर्ति भईसकेको छ । उहाँ अझैपनि पूर्ण जिल्ला कमिटिको वैठकले निर्णय सकिनेमा आफु तयार भएको जनाउनुभयो । जिल्ला कमिटी म्याण्डेट जेछ सोही अनुसार पुर्नविचार गर्न सकिने उहाँले थप्नुभयो ।

प्रतिकृया दिनुहोस्