OnlinePana

आज : २०८१ बैशाख ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ४, २०७७जुम्ला,
११५७ पटक

जुम्ला असार ४ गते । अल्पकालिन समयमा फोहर व्यवस्थावन गर्ने स्थान नभएका कारण निकै सकस हुदै आएको जुम्ला सदरमुकाममा तत्कालका लागि निकास गर्ने निर्णय गरिएको छ ।

जिल्लामा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाको अध्यक्षतमा सरोकारवालाहरुको वैठकले तत्कालका लागि चन्दननाथ नगरपालिकाको वडा नं ४ को खालगाडमा अस्थायी फोहोर व्यवस्थापन क्षेत्र गर्ने निर्णय गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा उद्योग बाणिज्य संघ, चन्दननाथ नगरपालिका वडा नम्बर ५ र वडा नम्बर ४, वनडिभिजन कार्यालय, सुरक्षा निकायहरु प्रमुखहरु, गैसस महासंघ, पत्रकार महासंघ सहित सरोकारवालाहरुको आकस्मिक वैठकले शनिवार देखी चन्दननाथ नगरपालिकाको वडा नम्बर ४ स्थित खालगाडलाई फोहोर व्यवस्थापन क्षेत्र घोषणा गर्दै निकास गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले जानकारी दिनुभयो ।

जिल्ला प्रशासनमा गरिएको निर्णयमा बजार क्षेत्रको फोहोर मैला तत्काललाई सो स्थानमा व्यवस्थापन गर्नका लागि घेरवारका लागि चन्दननाथ नगरपालिका मार्फत वनडिभिजन कार्यालयलाई अनुरोध गर्ने उल्लेख छ ।

यसैगरी चन्दननाथ नगरपालिकाको फोहोरमैला व्यवस्थापन गर्न मुख्य मुख्य स्थानहरुमा “फोहर मलाई” संकेत सहितको डस्बिन समेत राख्ने भएको छ । यसैगरी नगरपालिको फोहर मैलाको व्यवस्थापनका लागि असार ६ गते शनिवार वडा नम्बर ५ र ७ को कालेखोली, कृष्ण मन्दिर जिल्ला प्रहरी कार्यालय, जुगाडखोला देखी बिजयनगर , जिल्ला पहरी कार्यालयको कर्नर सम्म सफाई कार्यक्रम गर्ने जम्मा भएको फोहर चन्दननाथ नगरपालिकाले व्यवस्थापन गर्ने निर्णय गरिएको छ । फोहर व्यवस्थापन सरसफाई कार्यक्रममा सुरक्षा निकाय, स्थानीय नागरिक सहित सरोकारवाला निकायको सहयोगमा फोहोर उठाउने निर्णय गरिएको छ ।

फोहोरमैला व्यवस्थापन बिषयम प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले यो निर्णयले तत्काललाई समस्या सामाधान हुने र दिर्घकालिन डम्पिङ साईडको लागि सवैको सहयोगमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।
यसैगरी लामो समय सम्म फोहोर फाल्ने स्थान नभएका कारण बजार दुर्घन्धि हुदै गएपछि जुम्ली यूवाहरुले फोहोर लिएर आजै नगरपालिकामा थुपारिदिएका थिए ।

प्रतिकृया दिनुहोस्