OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही आषाढ ३, २०७७जुम्ला,
१४४० पटक

असार ३ गते । मध्यपश्चिम विश्व विद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले अव मध्यपश्चिम विश्वविद्यालयले नयाँ भिजन बाहिर ल्याउने जानकारी गर्नुभएको छ ।
मध्यपश्चिम विश्व विद्यालयको १० औ बार्षिक उत्सवको अवसरमा भर्चुअल कार्यक्रममा बोल्दै उहाँले अव नयाँ शैलिमा अगाडि बढ्ने जानकारी दिनुभयो । उहाँले सो अवसरमा लकडाउन भित्रै पनि विश्व विद्यालयको भिजन तयार भईसकेको भन्दै चाडै भौतिक रुपमा वाहिर ल्याईने बताउनुभयो । उहाँले अव मध्यपश्चिम विश्व विद्यालय हिजोको भन्दा फरक तरिकाले अगाडि बढ्नेछ ।
उपकुलपति डा. सिंहले मैले छिट्टै भौतिक हिसावले हाजिर गरेमा भिजन पेश गर्नेछु । भन्दै भौतिक संरचना, एकेडेमी एक्सलेन्सी, ईकोनोमिक योजना ( सेल्फ रिलाईन्स ) विश्व विद्यालयको कोर्ष स्टटी परिवर्तन, कर्णाली मैत्री अभ्यास अनुसन्धान लगायतका विभिन्न कामहरु अगाडि बढाईने जानकारी दिनुभयो । उहाँले यस अभियानमा भने विश्व विद्यालय परिवार देखी कर्णालीवासीको सहयोगको आवश्यकता रहेको जानकारी दिनुभयो ।
अनुसन्धानमा जोड :
उहाँले विभाग अनुसारको नयाँ मोडालिटीको काम १, २, ३ र ४ अनुसार भिजन अगाडि बढाईनेछ । उहाँले विश्व विद्यालयको विकासका लागि कर्णाली प्रदेश सरकार सँग पनि प्रभावकारी सहकार्य भएको जानकारी दिनुभयो । प्रदेश सरकारले कोरोना परीक्षण प्रयोगशालाका लागि रु १० करोड उपलब्ध गराएको र सो प्रयोगशाला कोरोना नियन्त्रण पछि अनुसन्धान प्रयोगशालामा जोड दिईने जानकारी दिनुभयो । यसैगरी ज्ञान प्रदान, राष्ट्रिय र क्षेत्रीय समस्या सामाधान गर्ने अवको आवश्यकता छ ।
अन्तरारष्ट्यि स्तरको शिक्षा प्रदान, र जनचाहाना पुरा गर्न आवश्यक रहेकाले त्यसको आधार अव बलियो बनाउन आवश्यक रहेको छ । ज्ञान , प्रोफेसनल ज्ञान, रिसर्चमा जोड दिन अव नितान्त आवश्यक रहेको उहाँको जोड रहेको छ ।

अव विद्यार्थीको छात्रबृत्तिमा समेत विशेष जोड दिईनेछ । बिदेशी विद्यार्थीलाई पनि छात्रबृत्ति उपलब्ध गराएर यहाँ अध्ययान गराउने लक्ष्य रहेको छ । यसका साथै तमाम अध्यनन अवसरका सम्भावना सृजना गरिनेछ । गरिव परिवारका वालवालिकाहरुका लागि उच्च शिक्षामा विशेष योजना छन् । त्यसको लागि छात्रबृत्ति तयार गरिनेछ ।
अव उहाँका अनुसार विश्वविद्यालय अगाडि भ्रष्टचार विरुद्धका सायनवोर्ड छापिने छ । भ्रष्टाचार विरुद्धको आन्दोलनमा सहयोग गर्न सवैको सहयोग आवश्यक रहेको जानकारी दिनुभयो । यसैगरी आफुले गर्ने निर्णय नलुक्ने र शुसासनमा विशेष जोड रहेको छ । विगतमा फर्निचर र ईलेक्ट्रोनिक समेत घर लैजाने बिषय दुर्भाग्य रहेको उहाँले अन्त्य हुने थप्नुभयो ।

हामीले देखेको वेलायतमा गोराहरुका अगाडी नेल्सन मण्डलाको ईतिहास ताजै छ । ईतिहासमा काम गर्यो भने जिवित भईन्छ । सवैलाई शुभकामना दिदै धेरै चिज गर्न वाँकी रहेको छ । नयाँ रोल मोडल गरौ । यहाँ पढ्ने वातावरण गरौ ।
अव कोरोनाको औषधी पनि अनुसन्धान वैज्ञानिकहरुले गरिरहेको भन्दै हामीले पनि यस्ता अनुसन्धान गर्न आवश्यक रहेको छ । अव कम्ब्याड कोभिड समितिको अनुसन्धान भईरहेको जानकारी दिनुभयो । यसैगरी कार्यक्रममा विभिन्न व्यक्तिहरुले विश्व विद्यालयको सरोकारका बिषयहरुमा सूझाव दिएका थिए ।
यसैगरी विश्व विद्यालयका रजिष्ट्रार याम कार्की सहित पदाधिकारी र सरोकारवालाहरु र विद्यार्थीहरुले समेत १० औ बार्षिकत्सोवको शुभकामना दिएका थिए ।

प्रतिकृया दिनुहोस्