OnlinePana

आज : २०८२ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
आषाढ ३, २०७७
१४०५ पटक

असार ३ गते । जथाभावी नदिजन्य पदार्थ ढुंगा, गिट्टी बालुवाको उन्खनन रोक्न जिल्ला नदिजन्य उत्खनन समितिले निर्देशन गरेको छ ।
जिल्ला समन्वय समिति र सम्वन्धित स्थानीय तहको सक्रियतामा नदिजन्य बस्तु रोक्न निर्णय सहित निर्देशन गरिएको छ ।
अहिले यहाँको तिला, तातोपानी गाउँपालिकामा समितिले अनुगमन सहित नियमानुसार काम गर्न तथा रोक्न निर्देशन सहितको निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीले जानकारी दिनुभयो ।
समन्वय समितिका प्रमुख लालबहादुर सार्की उपप्रमुख कार्मा बुढा, तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने, तिला गाउँपालिका अध्यक्ष रतननाथ योगी, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा सहितको अनुगमन टोलीले अनुगमन गरि नदिजन्य पदार्थ जथाभावी भईरहेको ठहर गदै रोक्न निर्देशन गरिएको छ ।
नदिजन्य बस्तु उत्खनन अनुगमन समितिको २०७७।०३।०२ गतेका दिन तिला र तातोपानी गाउँ पालिकाको तिला नदि क्षेत्र को अनुगमनका क्रममा निम्न बमोजिम निर्देशन गरिएको जिल्ला समन्वय समितिले जानकारी गरेको हो ।
यहाँको तिला गाउँपालिकाको तिला नदि क्षेत्र अन्तर्गत को नदिहरूमा आई.ई.ई. स्वीकृत नभए सम्मका लागि नदिबाट नदि जन्य बस्तुहरूको उत्खनन कार्यमा रोक लगाउन निर्णय सहित निर्देशन गरिएको हो ।

यसैगरी तातोपानी गाउँपालिकामा तातोपानी गाउँपालिकाको आई.ई. ई. स्वीकृत भई सकेकोमा उक्त गाउँपालिकाको तिला नदि र भेरी खोला क्षेत्र अन्तर्गतको नदि क्षेत्रमा रहेको नदि जन्य बस्तुहरू कानुन अनुसार टेण्डर आह्वान नभए सम्मको लागि रोक लगाउन निर्देशन गरिएको छ ।
यसैगरी यस अघि पातारासी गाउँपालिकामा समेत नदिजन्य बस्तु उत्खनन नगर्न निर्देशन गरिएको थियो । जिल्लाको हिमा तिला र जवाँ नदीमा मापदण्ड विहिन उत्खनन अत्याधिक बढेको छ । अत्याधिक मात्रामा स्काभेट प्रयोग गरेर नदिको निसानानै मेटिने गरी मनपरी काम भईरहेको समयमा यो पहलले केही सुधारिने अपेक्षा गरिएको छ । तर कानूनमा कारवाही गर्ने अधिकार फेतलो भएकाले समस्या भईरहेको सरोकारवाला निकायहरुले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्