OnlinePana

आज : २०८३ साउन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २५, २०८३काठमाडौं
७९ पटक

२५ असार २०८३, बिहीबार

सुर्खेत वीरेन्द्रनगरमा सञ्चालित होटल तथा रेष्टुरेन्टहरुलाई स्तरीकरण गरिएको छ । खाद्य स्वच्छताका आधारमा खाद्य स्वच्छताका आधारमा होटेल रेष्टुरेन्टुलाई स्तरीकरण गर्ने निर्देशिका २०७४ (१५)को स्थानीय खाद्य स्वच्छता समुहको संयुक्त अनुगमन टोलीले होटलहरुको स्तरीकरण गरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतअन्तरगत उक्त टोलीले यहाँका छ होटल तथा रेष्टुरेन्टको अनुगमन गरेको थियो । टाेलीले वीरेन्द्रनगरमा माया थकाली भ्याली भ्यू  सिद्दार्थ शुभ नमस्ते नेपाल खड्का र बगैंचा हाेटल एण्ड रेष्टुरेन्टकाे अनुमगन गरी स्तरीकरण गरेकाे थियाे । स्तरीकरणकाे नम्बर १ मा शुभ हाेटल जसले १‍‍०० अंकमा ९४ ल्याएकाे छ । दाेस्राे सिद्दार्थ जसले ९२ अंक ल्याएकाे छ भने हाेटल नमस्ते नेपालले ९० र भ्याली भ्यूले ८१ नम्बर ल्याएकाे खाद्य तथा गुणस्तर प्रविधि कार्यालय सुर्खेतका खाद्य अनुसन्धान अधिकृत सन्ताेष दाहालले जानकारी दिनुभयाे ।

टाेलीले अनुसूची १ बमाेजिमकाे सूचाङ्ककाे आधारमा मूल्याङ्कन गरी अनुसूची २ बमाेजिमकाे प्राप्ताङ्कका आधारमा वर्गीकरण गरी हाेटल रेष्टुरेन्टहरुकाे आधारमा स्तरीकरण गरेकाे हाे अधिकृत दाहालले बताउनुभयाे । अनुगमनमा प्रविधि कार्यालयका अधिकृत दाहालसहित राष्ट्रिय समाचार समिति कर्णाली प्रदेश प्रमुख सुरजकुमार सिंह, हाेटल व्यवसायी संघका अध्यक्ष प्रतिभा वली, उपभाेक्ता हित स‌ंरक्षण मञ्चका अध्यक्ष बिन्दुलाल रेग्मी, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक शिवकुमार चाैधरी र वीरेन्द्रनगर नगरपालिकाका प्रतिभा थापालगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिकृया दिनुहोस्