OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी जेठ ३०, २०७७काठमाडौं
४०२ पटक

जेठ ३०, २०७७ शुक्रबार
सर्लाहीको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ ।

भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा चलाएको गोली लागेर एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । गोली लागेर ज्यान गुमाउनेमा भारत सितामाडी पिप्रापर्सानीका २७ वर्षका विकेश कुमार रहेका छन् ।

भारतबाट सामान नेपाल ल्याउँदै गर्दा सर्लाहीको पर्सा गाउँपालिका नारायणपुर नाकामा सशस्त्र प्रहरीको हतियार खोस्ने क्रममा झडप भएको सशस्त्र प्रहरीका एसपी गंगाराम श्रेष्ठले बताउनुभयो । घटनाको थप जानकारी आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्