OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २४, २०७७ जुम्ला,
१०५४ पटक

जेठ २४ गते । सिमामा अत्याधिक मात्रामा नेपालीहरु दैनिक भित्रि रहेका छन् । कसैका केही पिडा, कसैका केही छन् । कोही भोकै त कोही गाडि भाडा नभएर अलपत्र परेका खबरले दैनिक हैरान बनाउछ ।
पछिल्लो समय शुक्रबार महेन्द्रनगरको बनवासा नाकामा चन्दननाथ नगरपालिकाका ११ जना र हिमा गाउँपालिकाका १२ गरी २३ जना अलपत्र परेका छन् ।
आफुहरु कुमाउ गडुवाल जोसिमेड भन्ने स्थानमा काम गर्न गएका तर कोरोनाको कारण लकडाउन भएपछि घर आउन नपाएका जानकारी गरेका छन् । बल्ल तल्ल नेपालको सिमामा आएका भएपनि भाडा नभएका कारण सिमामा पनि अलपत्र परेकाछौ, चन्दननाथ नगरपालिका वडा नं ८ निवासी कुमार बिक्रम शाहीले जानकारी दिनुभयो ।
लामो समय बस्यौ पछि धेरै पटक भारतीय प्रहरी पटक पटक कोठामा गएर नेपाल जानुस् भन्दै गरेकाले फर्किएका छौ । अहिले सिमामा चाडै आफ्नो जिल्लामा जान माईकिङ गरिरहेको छ तर भाडा नभएर समस्या भएको उहाँले बताउनुभयो ।
अलपत्र परेका मध्यका पकेटमा बचेको केही पैसा पनि भारतमा गाडि चढ्दा चौगुना तिरेर सकिएको छ । अव नेपाल सरकारले उद्धार गरिदिन अनुरोध छ, उनिहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस्