OnlinePana

आज : २०८२ फागुन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन २९, २०८२
५३ पटक

जुम्ला,फागुन २८ गते । ईरानमा सहितका तेल क्षेत्रका देशमा आक्रमण हुन थालेपछि त्यसको असर नेपालमा परेको छ ।
जुम्लामा ग्यास अभाव हुने संकेत देखिएपछि स्थानीय प्रशासनले उद्योग बाणिज्य संघ, उद्योग तथा उपभोक्ता कार्यालय, डिलरकर्ता विच वैठक बसाली आवश्यक पुर्व तयारी थालेको छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी मिनबहादुर रावलको अध्यक्षतमा बसेको बैठकले वैठकले जुम्लामा एलपी ग्यासको अभाव हुन नदिनका लागि न्यु बुढा जनरल स्टोर र लगन स्टोर एण्ड सप्लायर्सले ग्यास वितरण गर्दा अभिलेख राखि ग्यास वितरण गर्ने र डिलरबाट लिने ग्यास सिलिण्डरबाट अभिलेख राख्ने निर्णय गरिएको छ । कालोबजारी हुन नदिन तथा सहज वितरणका लागि यो अपनाईएको छ । अव जिल्ला वाहिरबाट निर्यात कति भयो ? डिलर, सहायक पसल र ग्राहकमा कति कहाँ ग्यास वितरण हुन्छ सो को फरमेट सहित तथ्यांक हेर्न पाईनेछ ।

क्याप्सन : जुम्लामा ग्यासको अभाव हुन थालेपछि सहज गर्न वैठक  ।

 

प्रतिकृया दिनुहोस्