OnlinePana

आज : २०८२ फागुन ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन ७, २०८२
३७ पटक

जुम्ला /फागुन ७ गते ।

जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीस्थित कर्णाली राजमार्ग सडक खण्डमा बुधबार दिउँसो भ्यान दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रविनबावु रेग्मीका अनुसार आज करिब १२ः०० बजे जुम्ला बजारबाट नाग्मातर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको भ्ख् भ्यान अनियन्त्रित भई सडकछेउमा रोकिराखेको क.प्र.०२–००१ त ०१९० नम्बरको ट्र्याक्टरमा ठोक्किएको थियो । ठक्करपछि भ्यान करिब ३०–४० मिटर तल बारीमा खस्दा दुर्घटना भएको हो ।

उहाँका अनुसार सो गाडिमा निर्वाचन प्रहरी हिमा २ का धर्म रोकाया, टेकेन्द्र रावत तिला २ र पारष रावत पनि कार्यक्षेत्र तिर जादै गर्दा दुर्घटनामा परेका छन् । प्रहरीका अनुसार घाइतेहरूको विवरण अनुसार जुम्ला तातोपानी–२ बाबिराका १९ वर्षीय चालक लोकेश खड्काको खुट्टा र आँखामा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ । तिला गाउँपालिका–१ की ३५ वर्षीया मेनुका बुढाको निधार र ढाडमा चोट लागेको र अवस्था छ । पातारासी–४ लुमकी ३१ वर्षीया माया नेपालीको टाउकोमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको छ ।

यसैगरी तातोपानी–३ लिताकोटकी ४८ वर्षीया पुनि सुनारको छातीमा चोट लागेको (मध्यम), तिला–२ का २० वर्षीय टेकेन्द्र रावत सामान्य घाइते, २० वर्षीय पारस रावतको शरीरमा भित्री चोट (मध्यम) र हिमा–२ का २१ वर्षीय धर्मेन्द्र रोकायाको मुखमा चोट लागी अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनिहरुलाई अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पुर्याएर उपचार भईरहेको छ ।

 

प्रतिकृया दिनुहोस्