OnlinePana

आज : २०८३ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन ५, २०८२
१३० पटक

५ फागुन २०८२ मंगलबार

सुर्खेतःजिल्ला प्रहरी कार्यालय सुर्खेतले चेकजाँचका क्रममा कारवाहीमा परेका यातायात सवारीबाट रु.नौ लाख ३९ हजार राजस्व संकलन गरेको छ ।

माघ महिनामा मात्र एक हजार २२ सवारी कारवाही गर्दा रु.नौ लाख ३९ हजार पाँच सय राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ममोहनजंग बुढ्थापाले जानकारी दिनुभयो । उहाँका अनुसार माघ महिनाभर सुर्खेतमा ७३ वटा सवारी साधनहरु दुर्घटनामा परेका थिए ।

कारवाहीमा परेका सवारी साधनहरुमा १३ जीप, पाँच ट्रयाक्टर, १० टेम्पो, ३५ मोटरसाइकल, आठ माइक्रोबसलगायत टिप्पर रहेको बताउँदै प्रवक्ता बुढ्थापाले दुर्घटनामा परेर माघ महिनामा मात्र दुई पुरुष र तीन महिला गरी पाँच जनाले ज्यान गुमाएको उहाँले बताउनुभयो ।

दुर्घटनामा २३ गम्भीर घाइते र ६१ जना सामान्य घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले घरेलु, महिला तथा लैंगिक हिंसा, बाल तथा बहुबिबाह न्यूनीकरण, मानव बेचबिखन तथा ओसारपसार, जबरजस्तीकरणी, आत्महत्या, जातीय छुवाछुत तथा भेदभाव, ट्राफिक नियम तथा दुर्घटना न्यूनीकरण, साईबर अपराधलगायत एक सय १३ सचेतना कार्यक्रम गर्दा तीन हजार छ सय ३८ नागरिक लाभान्वित जनाएको छ ।

प्रतिकृया दिनुहोस्