OnlinePana

आज : २०८२ फागुन २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
फागुन १, २०८२
१० पटक

१ माघ २०८२, शुक्रबार

सुर्खेतः कर्णाली प्रदेशका १० जिल्लाका हुलाक कर्मचारीहरुलाई सूचना प्रविधि सम्बन्धी प्रशिक्षण दिइएको छ ।

हुलाक निर्देशनालय सुर्खेतको आयोजनामा सुर्खेत वीरेन्द्रनगरमा बिहीबारदेखि सुरु भएको दुई दिने तालिम आज सम्पन्न भएको हो ।

हुलाकमा सूचना प्रविधि र सफ्टवेयर हेर्ने कर्मचारीहका लागि दुई दिने पोष्टल इन्टर्नल ट्रयाकिङ सिस्टम (पिट्स), पोष्टल टिकट म्यानेज्मेन्ट सिस्टम (पीटीएमएस) तथा पर्सोनेल इन्फोमेशन सिस्टम(पीआइएस) सम्बन्धी दुइदिने प्रशिक्षण बोल्दै सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका सचिव ढोलकराज ढकालले नेपाल हुलाक सेवा समय अनुसार प्रविधिमैत्री तथा व्यवसायिक हुदै गएको बताउनुभयो ।

यसलाई जापान पोष्ट जस्तै घरघरमा पोष्ट बक्स, बैंक, बिमालगायतका नागरिकका विभिन्न प्रयोग र जनचेतनामुलक सेवाहरु सञ्चालन गर्नुपर्ने भन्दै उहाँले यसो हुन सकेमा हुलाकको वर्तमान संरचना र जनशक्तिको भरपुर उपयोग भई सरकारलाई उल्लेख्य राजस्व संकलन हुने, रोजगारी बढ्ने तथा स्थानीय उत्पादनको बजार विस्तार र निर्यात प्रवद्र्धनसमेत हुने जनाउनुभयो ।

जिल्ला समन्वयअधिकारी मेघनाथ सापकोटाले हुलाकले बदलिदो परिवेशमा आफ्ना सेवालाई व्यवसायिक र नागरिकमैत्री बनाउदै लगेको भएपनि थप जनचेतना र व्यपक प्रचार प्रसारमा जोड दिन सुझाउनुभयो । हुलाक निर्देशक गोविन्दप्रसाद पाण्डेले हुलाकले अहिले आफ्नो संरचनागत पुनःसंरचना गरेर एक स्थानीय तह एक हुलाको नीति अबलम्बन गरेको बताउनुभयो ।

हुलाकमा प्रविधिको प्रयोग भएको बताउनुभएका उहाँले आगामी दिनमा हुलाकका सेवालाई विविधिकरण गरिने जनाउनुभयो । उहाँले भन्नुभयो, “सबै क्षेत्र तथा भूगोलका नागरिकलाई सेवा पुर्याउनुपर्ने लोक कल्याणकारी राज्यको अनिवार्य दायित्व हुन्छ । २५ प्रतिशत काम पत्र तथा पार्सलको काम हुन्छ ।” वित्तीय सेवामार्फत व्यवसायीकरण गरी सेवा विस्तार गर्ने हुलाकको अन्तर्राष्ट्रिय अभ्यास भएकोले पचास प्रतिशत काम हुलाक बैंक, हुलाक विमा, हुलाक सप तथा मार्ट २५ प्रतिशत काम हुलाक बहुसेवा केन्द्रको रुपमा विविध खालका फुटकर व्यवसायिक कामहरु गर्ने गरी तयारी भइरहेको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशका सबै जिल्ला र सुर्खेतका सबै स्थानीय तह हुलाक कार्यालयबाट गरी २२ जनाकर्मचारीहरुको सहभागिता रहेको उक्त प्रविधि सम्बन्धी प्रशिक्षणको सहजीकरण प्रशिक्षण हुलाक निर्देशनालयका सुर्खेतका शाखा अधिकृत सुनिताकुमारी खत्रीले गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस्