OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १७, २०७७जुम्ला
८७० पटक

जुम्ला , कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गरिएका दैलेखका थप १७ जना र कालिकोटका थप १ जनाको कोरोना पोजेटिभ देखिएको छ ।
प्रतिष्ठानले शनिवार राति १० बजे सार्वजनिक गरेको प्रतिवेदनमा थप १८ जना पोजेटिभ देखिएको जानकारी गरिएको हो । यस अघि शनिवार नै कालिकोटका १७ जना, एक जना बाजुरा, एक क्वारेन्टाईनमा मृत्यू भएका दैलेखका ३५ बर्षिय पुरुषको कोरोना पोजेटिभ रिपोट पोजेटिभ आएको थियो ।
यसैगरी प्रतिष्ठानमै शुक्रवार दैलेख नारायण नगरपालिकाका १४ जनाको स्वाव परीक्षण गर्दा पोजेटिभ भएको थियो । शनिवार नारायण नगरपालिकाका ९ जना, देवलकाँडाका ५ जना सहित १७ जनाको स्वाब पोजेटिभ देखिएको छ । यसैगरी आज शनिवार दैलेखका १८ जना, कालिकोटका १८, बाजुराका १ जना गरी ३७ जना र शुक्रवार दैलेखका १४ जना गरी ५१ जनाको स्वाब कर्णाली प्रतिष्ठानमा गरिएको परीक्षणमा पोजेटिभ आएको छ ।
शनिवार जाँच गरिएका ३७ जनाको रिपोर्ट

प्रतिकृया दिनुहोस्