

२६ मंसिर, काठमाडौं । जुम्ला निवासी माधव चौलागाई मन्त्री बन्ने हुनु भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा चौलागाई सहित चार जना मन्त्री थपेर चौथोपटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको छ । चौलागाई मन्त्री बन्ने भएको जुम्लाका राजबहादुर कुँवरले जानकारी दिनुभयो ।
शीतल निवास स्रोतका अनुसार श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नामलाई मन्त्री बनाइँदैछ । स्रोतका अनुसार श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । नयाँ मन्त्रीको शपथ आजै दिउँसो ३ बजे हुनेछ । यसअघि मन्त्रिपरिषद् १० सदस्यी थियो । पछिल्लोपटक ९ कात्तिकमा तेस्रोपटक मन्त्रिपरिषद् पनुर्गठन गरेर १० सदस्य पु¥याइएको थियो । त्यसबेला डा। सुधा शर्मालाई स्वास्थ्य तथा जनसंख्या र बब्लु गुप्तालाई युवा तथा खेलकुदमन्त्री नियुक्त भएका थिए ।







