OnlinePana

आज : २०८२ माघ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मंसिर २५, २०८२
१०७ पटक

२४ मंसिर २०८२, बुधबार

सुर्खेतः कर्णाली प्रदेश सरकारसहित यहाँ सरोकारवालाहरुले कर्णाली विकासका सन्दर्भमा पाँच बुँदे प्रतिबद्धता गरेका छन् ।

कर्णाली प्रदेश योजना आयोगद्वारा आज सुर्खेतमा वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली विकासमा सरोकारवालाहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरुद्वारा पाँच बुँदे प्रतिबद्धता गरिएको हो । प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले आयोगले बनाएको दोस्रो पञ्चवर्षीय योजनाले तोकेको लक्ष्यभन्दा माथि पुग्ने तयारीका साथ अगाडि बढेको बताउनुभयो ।

उहाँका अनुसार विकास आयोजनामा हुने दोहोरोपन हटाउन विकास साझेदारबाट सम्पादन गरिने कार्यक्रमको विवरण सम्बन्धित मन्त्रालयमा प्रदेश सरकारको बजेट तर्जुमा गर्नुपूर्व नै जानकारी गराउने, विकास आयोजनाहरुमा सुशासन, ईमान्दारिता, जवाफदेही र वातावरणमैत्री अभ्यासलाई उच्च प्राथमिकता दिने, प्राकृतिक स्रोत साधनको दीगो उपयोग, सामाजिक उत्तरदायित्व तथा समुदायको हितमा केन्द्रित गर्दै सहकार्यमूलक ढंगले कार्य गर्ने प्रतिबद्धता गरिएको छ ।

यसका लागि कर्णाली प्रदेश सरकार र विकास साझेदारबीच समन्वयको प्रादेशिक ढाँचा निर्माण गर्ने, बहुआयमिक आर्थिक विकासका लागि प्राविधिक प्राविधिक सीप, तालिम, उद्यमशीलता प्रवद्र्धन तथा स्थानीय युवालाई रोजगारीमा प्राथमिकता दिने र कर्णालीका युवालाई प्रदेशभित्र टिकाउन, रोजगारी र व्यवसायका अवसर विस्तार गर्न संयुक्त प्रयास गर्ने प्रतिबद्धता गरिएको उपाध्यक्ष योगीले बताउनुभयो ।

त्यस्तै, कर्णाली प्रदेशको प्रचुर सम्भावना रहेको पर्यटन क्षेत्रको विकासको लागि लगानी विस्तार गर्दै सम्भाव्य पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि सञ्चार माध्यम, सामाजिक सञ्जाल र विविध माध्यमबाट सूचना सम्पे्रषण गर्ने, सार्वजनिक सेवा प्रवाहलाई जनमुखी, निष्पक्ष, पारदर्शी र जवाफदेही बनाउनका लागि सबै क्षेत्रबाट रचनात्मक भूमिका निर्वाह गर्ने र यसमा मिडियाको भूमिका महत्वपूर्ण हुने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्