सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयलाई प्रदेश डिभिजन स्वास्थ्य कार्यालयको रुपमा राख्ने भएपछि स्थानीय तहमा स्वागत गरिएको छ ।
स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रका जिल्ला स्तरमा कार्यालय खारेज हुने भएपछि अव भने स्थानीय तहमा समन्वय गरेर काम गर्न सजिलो हुने भन्दै स्वागत गरिएको हो ।
साविकको जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लाले सरकारको निर्देशनमा प्रदेश अन्तरगतको स्वास्थ्य कार्यालय उद्घाटन समेत गरेको छ । जुम्ला र कालिकोट हेर्ने गरी स्थापना भएको उक्त कार्यालयको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी बिष्णु पौैडेलले सवैभन्दा संवेदनशिल स्वास्थ्य क्षेत्रको जिल्ला स्तरमा कार्यालय रहनु स्वागत रहेको भन्दै अव स्थानीय तह सँग मिलेर काम गर्न सजिलो हुने बताउनुभयोे । उहाँले मानिसको ज्यान सँग जोडिएको बिषय भएकाले अझै ७७ वटै जिल्लामा स्वास्थ्य कार्यालय आवश्यक रहेको बताउनुभयो । प्रजिअ पौडेलले अलमल रहेको बिषय सरकारले पुरा गरेपछि कर्मचारीहरुले आफ्नो काम डटेर गर्नुपर्ने समेत बताउनुभयो । चन्दननाथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले दिगो विकास लक्ष्य सँग जोडिएको स्वास्थ्य क्षेत्रको सुचांक उकालो गर्न स्थानीय तह र जिल्ला स्वास्थ्य कार्यालय एक अर्काविच आवश्यक समन्वय गर्न आवश्यक रहेको बताउनुभयोे । उहाँले स्थानीय तहमा स्वास्थ्य सेवा प्रभावकारी हुन जिल्ला स्वास्थ्य कार्यालयको महत्पूर्ण भूमिका हुने बताउनुभयो ।
जिल्ला स्वास्थ्य प्रमुख अंगदबहादुर शाहीले अन्यौलमा भएको समयमा सरकारले गरेको निर्णय स्वागतयोग्य रहेको बताउनुभयो । उहाँले जिल्ला स्वास्थ्य कार्यालयलाई दिएका १५ वटा काम र जिम्मेवारीको जानकारी गर्नुभएको थियो ।
स्वास्थ्य कार्यालयको काम भने प्रदेश स्वास्थ्य निर्देशनालयको मातहतमा रही समन्वय सहजीकरण गर्ने, जिल्ला तथा स्थानीय तहका स्वास्थ्य संस्थामा आवश्यक पर्ने खोप, अत्यावश्यक औषधी, सामग्रीभण्डारक तथा बितरक योजना निर्माण तथा कार्यान्वयन, विपत महामारीमा समन्वय सहजीकरण, जनस्वास्थ्य अभियान संचालन, समन्वय, एकिकृत सूचना विश्लेषण गरी सो अनुसार योजना बनाउने, स्वास्थ्य सेवाको पहुच अभिवृद्धि गर्न समन्वय सहजीकरण लगायत १५ वटा कामहरु निर्देशन गरिएका छन् ।
सरकारले स्वास्थ्य क्षेत्रको सेवा सुलभ र सजिलो बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. शुशिलनाथ प्याकुरेलको संयोजकत्वमा एक समिति गठन गरेको थियो । सोही समितिले तयार पारेको मस्यौदामा कर्णाली प्रदेशको जुम्ला र कालिकोटको प्रदेश स्वास्थ्य कार्यालय समुह (ख) जुम्ला, जाजरकोट, सुर्खेत र दैलेखको समूह (क) कार्यालय सुर्खेत, सल्यान र रुकुम पश्चिमको समुह (ख) कार्यालय सल्यान र मुुगु, डोल्पा र हुम्लामा एक एक प्रदेश स्वास्थ्य कार्यालय स्थापना गर्ने निर्णय भएको हो । यसैगरी देशभर ३५ जिल्लामा प्रदेश स्तरका स्वास्थ्य कार्यालय रहने भएका छन् ।
नेत्र शाही कार्तिक ६, २०७५जुम्ला ।
७७० पटक
- कर्णालीमा मेयर कप फुटबलः जुम्ला सेमिफाइनलमा
- आर्थिक अभावले तिन बच्चा सहित गाउँ छोडेकी सरस्वतिलाई गास, बास, कपास नहुदा हैरान
- पातारासीका कार्यक्रममा रैथाने कृषि उपजको खाजा प्रयोग गर्ने बिषयमा वहश
- मप विश्वविद्यलयको सिनेट, दीक्षान्त र वार्षिकोत्सव समारोह हुँदै
- प्रारम्भिक विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन
- प्राविधिक शिक्षालयका प्रशिक्षकहरुका लागि सीपमूलक तालिम
- नेपाली भाषा जन्माउने सिंजा साम्राज्य गुमनाम
- छोरी सञ्जाल जुम्लाको अध्यक्षमा सुस्मा हमाल
- कर्णालीका सरोकारवालाहरुलाई राष्ट्रिय जनसंख्या नीतिबारे अभिमुखीकरण
- हिमामा स्थानीय समन्वय समितिलाई अपाङ्गता समावेशीकरण तालिम








