OnlinePana

आज : २०८३ आषाढ २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २५, २०८३काठमाडौं
३१ पटक

२५ असार, काठमाडौं । विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपतिहरू नियुक्त भएका छन् । सिफारिस समितिले गरेको सिफारिस अनुसार प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले उपकूलपति नियुक्त गरेका हुन् ।
जसमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)को उपकुलपतिमा डा. विवेक आचार्य नियुक्त भएका छन् । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. आचार्य न्याम्सको क्यान्सर विभागको प्रमुख रहेका थिए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नविसमान सिंह प्रधान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. स्मृति कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. नारायणसिंह गुरुङ नियुक्त भएका छन् ।

यशैगगरि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलतिमा डा. सूर्यमान म्याहाङम्बो नियुक्त भएका छन् ।  डाक्टर सुर्यमानले लामाे समय जुम्ला बसेर सेवा समेत गरिसक्नु भएकाे छ ।

 

यसैगरी  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. अजयकुमार मिश्र नियुक्त भएका छन् ।
उपकुलपति नियुक्तिका लागि सरकारले छनोट तथा सिफारिस समिति गठन गरेको थियो । समितिले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३ बनाएर आवश्यक प्रक्रिया अगाडि बढाएको थियो।

समितिले उपकुलतिका लागि आवदेन माग गर्दै जेठ ४ गते सूचना प्रकाशन गरेको थियो । उपकुलपतिका लागि ११३ जनाले आवेदन दिएका थिए। आवेदन दिएकाहरू मध्येबाट दरखास्तहरूको मूल्यांकन गरी अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि समितिले प्रत्येक प्रतिष्ठानमा ७ जनाको दरले ४२ जनाको प्रारम्भीक सूची सार्वजनिक गरेको थियो ।

प्रतिकृया दिनुहोस्