OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही जेठ १६, २०७७जुम्ला,
८७६ पटक

खलङ्गा जेठ १६ गते । सुर्खेतबाट जुम्ला आएका स्वाबहरु परीक्षण शुरु गरिएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको समन्वयमा जुम्ला पठाएका एक हजार ४० स्वाब परीक्षण शुरु गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जनाएको छ ।
प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले १०४० स्वाब जुम्ला पुगिसकेको बताउनुभयाे । यसका साथै केही कालिकोटका व्यक्तिहरुको स्वाब परीक्षण शुरु गरिएको छ, उहाँका अनुसार आज तीन सय बढि स्वाब परीक्षण गर्ने अनुमान गरिएको छ ।
यसअघि जुम्लाले हुम्ला, जुम्ला, मुगु, डोल्पा (तल्लो क्षेत्र) र कालीकोटका दुई हजार आठ सय ३० जनाको स्वाब परीक्षण गरी रिपोर्ट नेगेटिभ आएको छ ।
कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीका अनुसार जुम्ला पठाईएका स्वाब दैलेख छन् । तीब्र परीक्षणका लागि सुर्खेतमा बढी भार हुने भएकाले दैलेखका बाटोबाटै पनि संकलन गरेर पठाईएको छ ।
अहिले ‘सुर्खेत प्रदेशको केन्द्र ( बाहिरबाट आउने प्रवेश नाका ) भएको हुनाले यताको मेसिनमा भार पनि बढी हुने भएकाले केही जुम्ला पठाईएको जनाईएको छ ।

जुम्लाले काठमाडौंपछि बढी संख्यामा स्वाब परीक्षण गर्दै आएको छ । अहिले कर्णाली प्रतिष्ठान आफैले आरटी–पीसीआर मेसिन र प्रयोगशाला सामग्री खरिद गरेर तीब्र रुपमा परीक्षण गरिरहेको छ । कोरोना रोकथाम लडाईमा विशेषज्ञहरु कर्णालीका आवश्यकता परेका स्थानमा खटाएर काम तीब्र बनाईएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार यस अघि तीब्र रुपमा कर्णाली सरकारले खटाएको र प्रतिष्ठान आफैले पनि जुम्ला सहित अन्य जिल्लामा विशेषज्ञ सहित स्वास्थ्यकर्मीहरुको टोली खटाएर स्वाब संकलन गरेको छ ।
अहिले कर्णाली प्रदेशमा स्वास्थ्य पूर्वाधारको हिसाबले जुम्लाको अवस्था मजबुत रहेको छ । प्रतिष्ठानको शिक्षण अस्पतालमा कोरोना संक्रमितको लागि १० वटा आईसियू सहित १ सय २० आइसोलेसन बेड तयारी अवस्थामा छन् ।

प्रतिकृया दिनुहोस्