OnlinePana

आज : २०८२ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २६, २०८२
१० पटक

२६ बैशाख २०८२, शुक्रबार

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकले तीनवटा निर्णय गरेको छ ।

बैठकले विसं.२०८१ चैत ११ गतेको पत्र बमोजिम कर्णाली प्रदेशसभामा दर्ता भएको ‘स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१ लाई संशोधन गर्न बनेको विधेयक’ कर्णाली प्रदेश सभामा पेश गर्न स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, ‘कर्णाली प्रदेश सशर्त अनुदान सम्बन्धी कार्यविधि, २०८२’ स्वीकृत गर्ने निर्णय उक्त बैठकले गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले जानकारी दिनुभयो ।

त्यसैगरी, ‘कर्णाली प्रदेश जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ प्रशासन तथा विधेयक समितिबाट प्राप्त परिमार्जनसहितको विधेयक प्रदेशसभामा पेश गर्न आज बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको प्रवक्ता शाहले बताउनुभयो । यही बैशाख २१ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष प्रदेशसभाको बैठक बैशाख २८ गते आह्वानको सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्