OnlinePana

आज : २०८३ बैशाख ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १७, २०८२
२४४ पटक

१७ बैशाख २०८१ बुधबार

जुम्लाः योङ्ग कम्युनिष्ट लिग (वाईसियएल) नेपाल जुम्लाको अध्यक्षमा खगेन्द्र कार्की सर्वसम्मत चयन हुनु भएको छ ।

वाईसियल नेपालको आज सम्पन्न छैटौं जिल्ला सम्मेलनबाट कार्कीको नेतृत्वमा ७१ सदस्यीय जिल्ला कमिटि गठन भएको हो । कमिटिको उपाध्यक्षमा हरि बोहोरा, पूर्ण सुनार, तत्पराज जोशी र सचिवमा सत्यनारायण योगी चयन हुनुभएको अध्यक्ष कार्कीले बताउनुभयो ।

सहसचिवमा मान बहादुर कठायत, भागिरती भण्डारी, बिर्ख कामी, बिनराज बुढा, कोषाध्यक्षमा बिष्णुचन्द्र विष्ट चयन हुनुभएको उहाँले जनाउनुभयो । नवनिर्वाचित कमिटि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज नरेश भण्डारी, सहईन्चार्ज गोमा कुवँर, वैकल्पिक केन्द्रीय सदस्य रविकिरण, वैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष नवराज न्यौपाने (विमुख)लगायतको उपस्थितिमा गठन भएको हो ।

प्रतिकृया दिनुहोस्